२४ असार २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापामा कांग्रेस महाधिवेशन : कार्यतालिका र निर्वाचन स्थल चयन

कार्तिक ३०, २०७८, ७:३३ .मङ्लबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

झापा, ३० कात्तिक । नेपाली कांग्रेस झापाले आसन्न १४औँ महाधिवेशनका लागि निर्वाचन कार्यतालिका र निर्वाचन स्थल चयन गरेको छ ।

नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाको सभापतित्वमा आज सम्पन्न कार्यसमिति, क्षेत्रीय एवम् प्रदेश क्षेत्रीय सभापति र गाउँ÷नगर सभापति र निर्वाचन समिति संयोजक एवम् सदस्यहरु सहभागी संयुक्त बैठकले प्रदेश सभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशनको कार्यतालिका र निर्वाचन स्थल चयन गरेको हो ।

यही मंसिर ३ गते हुने प्रदेशसभा निर्वाचनका लागि मंसिर २ गते मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछ ।

मंसिर २ गते ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ ।

मंसिर ३ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदान र मतदान सम्पन्न भएपछि मतगणना गरिने कार्यक्रम तय गरिएको नेपाली कांग्रेस झापाका प्रवक्ता लोकराज ढकालले जानकारी दिए ।

प्रदेश क्षेत्रीय निर्वाचनका लागि झापा क्षेत्र नं १ (क) मा काँकरभिटा सामुदायिक बनको भवन, ख का लागि हातेमालो सामुदायिक बन समितिको भवन, झापा क्षेत्र नं–२ प्रदेश क का लागि अनारमनी पब्लिक क्याम्पस विर्ताबजार, ख का लागि ने.का. अर्जुनधारा नगर समितिको कार्यालय, झापा क्षेत्र नं–३ प्रदेश क का लागि ने.कां भद्रपुर २ नं वडा कार्यालय पृथ्वीनगर, ३ (ख) का लागि रामजानकी मन्दिर गोल्धाप, हल्दिबारी–१, झापा क्षेत्र नं ४ क को उद्योग बाणिज्य संघ सुरुङ्गा, ख को दुधे मा.वि., र झापा क्षेत्र नं–५ क मा गौरादह कृषि क्याम्पस र ख का लागि नेपाली कांग्रेस दम नगर समितिको कार्यालयलाई निर्वाचन स्थल तय गरिएको छ ।

यसैगरी मंसिर ६ का लागि तय गरिएको क्षेत्रीय निर्वाचनका लागि मंसिर ५ गते निर्वाचन पूर्वतयारीका कार्यक्रम पूरा हुनेछन् ।

जस अन्तरगत मंसिर ५ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर ६ गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ भने मतदान सम्पन्न भएपछि मतगणना गरिने जनाइएको छ ।

झापाका पाँचवटा क्षेत्रमध्ये झापा क्षेत्र नं–१ मा टाउन हल धुलाबारी, क्षेत्र नं–२ मा जिल्ला पार्टी कार्यालय, ३ को सि.टी. गार्डेन भद्रपुर, ४ को उद्योग बाणिज्य संघ सुरुङ्गाको कार्यालय र क्षेत्र नं–५ को गौरादह कृषि क्याम्पसलाई निर्वाचन स्थल तय गरिएको छ ।
मंसिर १० गते हुने नेपाली कांग्रेस झापाको निर्वाचन अग्रसेन भवन विर्तामोडमा हुनेछ । यसैगरी मंसिर १० गते हुने निर्वाचनका लागि मंसिर ९ गते नै मनोनयन दर्ता लगायतका प्रक्रिया पुरा गरिनेछन् ।

मंसिर ९ गते विहान ८ बजे मतदाता नामावली प्रकाशन, ८ बजेदेखि ९ बजेसम्म मतदाता नामावली सच्याउने, विहान ९ बजेदेखि १२ बजेसम्म उम्मेद्वारी दर्ता, १२ बजेदेखि १ बजेसम्म उम्मेद्वारमाथि दावी विरोध, १ ः ४० देखि २ः ४० बजेसम्म उम्मेद्वारी फिर्ता र ३ बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ । यसैगरी मंसिर १० गते विहान ८ बजेदेखि १ बजेसम्म मतदानको कार्यक्रम तय गरिएको छ ।
नेपाली कांग्रेस १४ औं महाधिवेशनका लागि झापाका लागि निर्वाचन अधिकृत सुवोधबाबु चिलवाल, सदस्यहरु नेपाल शिक्षक संघ झापाका अध्यक्ष नेत्र खरेल, डिएलए झापा अध्यक्ष यज्ञप्रसाद अधिकारी, नेपाल प्रेस युनियन झापा अध्यक्ष इन्दु पूर्वेली लगायत सहभागी उक्त बैठकले निर्वाचन कार्यतालिका र केन्द्र तय गरेको हो ।

मंसिर ६ गते सम्पन्न हुने निर्वाचनबाट चयन भएका महाधिवेशन प्रतिनिधिहरुबीच महासमिति सदस्य चयनमा आपसी सहमति नभएको अवस्थामा मंसिर ९ गते मनोनयन दर्ता र १० गते मतदान हुने कांग्रेस प्रचार विभाग प्रमुख कृष्ण हुमागाईले जानकारी दिए ।

पछिल्लो समाचार

आन्तरिक चुनाव भड्किलो नबनाउ : निर्वाचन कार्यालय

अघिल्लो समाचार

कक्षा १२ को परीक्षाफल मंसीर १५ भित्र

Related Posts

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार
banner

पत्रकार भण्डारीलाई नारी सञ्चार साधना पुरस्कार

असार २२, २०८२, १०:३७ .आइतवार
थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत
banner -2

थाइल्याण्डबाट फर्किएका खेलाडी र रेफ्रीलाई काँकरभिट्टामा स्वागत

असार २२, २०८२, १०:०६ .आइतवार
काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै
banner -1

काँकरभिट्टा खानेपानी अब डिजिटल स्मार्ट खानेपानी बन्दै

असार २२, २०८२, ८:०१ .आइतवार
मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन
अर्थ

मेचीनगर लेडी जेसीजको ‘जेसीज सप्ताह’ समापन

असार २१, २०८२, ८:३२ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.