मेचीनगर, २६ वैशाख । मेची उद्योग बाणिज्य संघकाे चुनाव सम्पन्न भएको छ ।
संघकाे आज सम्पन्न चुनावमा एक हजार ६०३ मत खसेकाे छ ।
पासाङ ह्यामु स्मृति जेसीज प्रतिष्ठान(टाउन) हलमा आज विहान ८ वजेदेखि साँझ ५ वजेसम्म सम्पन्न मतदानमा १६०३ मत अर्थात ७७.२९ प्रतिशत मत खसेकाे निर्वाचन अधिकृत पदम डाँगीले जानकारी दिए ।
संघमा कुल मतदाता २०७४ जना रहेका थिए । डाँगीका अनुसार मतगणना आइतबार विहान ८ वजेदेखि हुनेछ ।
संघकाे ३ वर्षे कार्यकालका लागि १६ जनाकाे कार्यसमिति बन्ने छ । व्यवसायीहरूकाे दुई प्यानल एउटा साझा र अर्काे समावेशी व्यवसायीकाे प्यानल चुनावी मैदान थियाे ।
व्यवसायी खेमराज प्रसाईकाे नेतृत्वकाे साझा व्यवसायी समूहबाट अध्यक्ष पदमा प्रसाईं, वरिस्ठ उपाध्यक्षमा आनन्द खड्का, उद्योग उपाध्यक्षमा भीमबहादुर कुँवर,
बाणिज्य उपाध्यक्षमा नरबहादुर (तिलक) थापा, महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठ र महासचिवमा दिनेश शाक्य उम्मेदवार छन् ।
महिला सदस्यहरूमा मीरा कार्की र रमा आचार्य (राधा)काे उम्मेदवार रहेका छन् ।
पुरूष सदस्यहरूमा दिनेश पाेखरेल, मानबहादुर कटुवाल, सुरज चाैधरी, सचिन निराैला, ललित अग्रवाल, विजय गुप्ता, खिराेज बराल (फिराेज) र चन्द्रबहादुर घाेर्साई उम्मेदवार छन् ।
यता व्यवसायी किशाेर क्षेत्री (कपिल) काे नेतृत्वको समावेशी व्यवसायी प्यानलबाट अध्यक्षमा क्षेत्री, वरिष्ठ उपाध्यक्षमा भुमि पाैडेल, उद्योग उपाध्यक्षमा हरिप्रसाद काेइराला, बाणिज्य उपाध्यक्षमा सन्ताेष खवास, महिला उपाध्यक्षमा सुन्दरीकुमारी श्रेष्ठ र महासचिवमा ध्रुव कनाल छन् ।
यस्तै, महिला सदस्यहरूमा कृष्णकुमारी प्रसाईं (कल्पना) र
चम्पा नेम्बाङकाे उम्मेदवार छन् ।




Discussion about this post