कमल, १ मंसिर । प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आयोजनामा कमल गाउँपालिकामा सामुदायिक मेलमिलाप सम्बन्धी आठ दिवसिय आधारभुत तालिमको सोमबार उद्घाटन भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि कमल गाउँपालिका अध्यक्ष मेनुका काफ्लेले तालिमको उदघाटन गर्दै गाउँका सानातिना विवादहरु स्थानिय स्तरबाटै समाधान गर्न यो कार्यक्रमले धेरै ठुलो सहयोग पुर्याउने हुँदा मेलमिलापकर्ताहरुको महत्त्वपूर्ण भुमिका रहेने बताउदै सबैलाई जिम्मेवार बन्न आग्रह गरेकी छन् ।
कमल गाउपालिका न्यायीक समिति संयोजक बेनु शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले वडा सचिब हरि ढकाल, नेपाली काग्रेस गाउँ सभापति बद्रीनाथ न्यौपाने, जसपाका अध्यक्ष प्रेमकुमार राई, कमल–७ का वडाध्यक्ष पृथ्वीपति राई, वडा नम्बर १ का वडध्यक्ष केदार कटुवाल, द एशिया फाउन्डेसन प्रतिनिधि श्याम सापकोटा, प्रशिक्षक संगिता थापा, भोलानाथ धिताल, सामुदायिक मेलमिलाप कार्यक्रम झापा संयोजक चेतन बिस्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
द एशिया फाउन्डेसनको सहयोग तथा कमल गाउँपालिकाको समन्वयमा दमकमा शुरु भएको तालिम कात्तिक २९ देखि मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ ।
तालिममा १४ महिला र १४ पुरुष सहभागी रहेका छन् ।
Discussion about this post