झापा, ३० कात्तिक । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले पहिलो टी–२० खेलमा कतारलाई ११९ रनले पराजित गरेको छ ।
नेपाली बलरले उत्कृष्ट बलिङ गरेपछि १४७ रनको लक्ष्य पछ्याएको कतार ११.५ ओभरमा २७ रनमा अलआउट भएको हो ।
नेपालका लागि कप्तान रुबिना क्षेत्रीले ३, कविता कुँवर र सीता राना मगरले २.२ र करुणा भण्डारीले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले इन्दु बर्माको ५५ रनको मद्दतमा ४ विकेट गुमाएर १४६ रन बनाएको थियो ।
दोहास्थित वेस्ट इन्ड पार्क स्टेडियममा इन्दुले नेपालको लागि सर्वाधिक ५५ रन बनाएर रिटायर्ड हर्ट भइन् ।
इन्दुको अर्धशतक नेपालले महिला टी–२० अन्तर्राष्ट्रियमा प्रहार गरेको पहिलो अर्धशतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेकी इन्दुले ४५ बल खेल्दै ४ चौकाको मद्दतमा ५० रन बनाएकी थिइन् ।
उनले कुल ४७ रन खेल्दै ५ चौकाको मद्दतमा ५५ रन बनाएर खेलिरहेकी उनी रिटायर्ट हर्ट भएकी छिन् ।
यस्तै ओपनर सीता राना मगरले ३३ बल खेल्दै ५ चौका मद्दतमा ३९ रन जोडिन् । ओपनर काजल श्रेष्ठ ३ रनमै आउट भए पनि इन्दु र
सीता राना मगरले दोस्रो विकेटका लागि ८८ रनको साझेदारी गरे । जुन नेपालको लागि कीर्तिमानी साझेदारी गरे ।
यसअघि सीता र इन्दुले २०१९ मा इन्डोनेसियाविरुद्ध दोस्रो विकेटका लागि ७० रनको साझेदारी गरेका थिए ।
नेपालका लागि सरिता मगरले २१ बलमा २१ रन जोडिन् । कप्तान रुबिना क्षेत्री खाता नखोली रनआउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहिन् । कविता जोशी र संगीता राईले यसै खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका छन् ।
Discussion about this post