मेचीनगर, ३० कात्तिक । झापामा बन्द गर्दै हिड्ने नेकपा नेत्रविक्रम चन्द (बिप्लव) समुहका ८ जना कार्यकर्तालाई प्रहरीले अहिले भर्खरै रिहा गरेको छ ।
बुधबारेबाट ७ र ईटाभट्टाबाट १ जना गरी पक्राउ परेका बिप्लव समुहका ८ जना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयले अहिले भर्खरै रिहा गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले दिउसो पक्राउ परेका आठै जनालाई अहिले साँझ छोडेको बताए ।
बजार, पसल तथा यातायातका सवारी साधनहरु बन्द गर्दै हिडेका कारण उनीहरुलाई दिउसो नियन्त्रणमा लिईएको थियो ।
बिप्लव समुहले आज पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको बिरोध देशभर नेपाल बन्दको आव्हान गरेको थियो ।
Discussion about this post