२८ कार्तिक २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमालेको गढमा एसका नेताले बनको अध्यक्षमा जितेपछि खैलाबैला

मंसिर २, २०७८, १२:४८ .बिहिबार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter
एसका प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई ।

भद्रपुर, २ मङ्सिर । नेकपा एमालेको किल्लामा नेकपा एकीकृत समाजबादीका नेताले सामुदायिक बनको चुनाव जितेपछि राजनीतिक वृत्तमा चर्चा चुलिएको छ ।

नगर प्रमुख र उपप्रमुखसहित बहुमत वडामा नेकपा एमालेले स्थानीय चुनाव जितेको भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० मा रहेको चन्द्रगढी सामुदायिक बनको चुनावमा नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य दुर्गाप्रसाद भट्टराई अध्यक्ष पदमा बिजयी भएका छन् ।

२२९० मतदाता रहेको सो बनको मङ्गलबार सम्पन्न चुनावमा एकीकृत समाजबादीका भट्टराईले नेकपा एमालेका उम्मेद्वार चुडामणि मैनालीलाई अध्यक्ष पदमा पराजित गरे ।

बिजयी भएका भट्टराईले ९७५ मत प्राप्त गरे भने उपबिजयी मैनालीले ८३६ मत प्राप्त गरे । मैनाली नेकपा एमालेको भद्रपुर नगर कमिटीका सदस्य तथा बन समितिका पूर्व उपाध्यक्ष हुन् ।

बाहिरबाट हेर्दा नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजबादीका नेताले चुनाव जितेको घटना आश्चर्यजनक लागे पनि स्थानीय परिवेशमा भने यसलाई सामान्य रुपमा नै लिइएको छ ।

नेकपा एमालेबाटै तत्कालीन चन्द्रगढी गाउँ विकास समितिको अध्यक्ष भइसकेका भट्टराई संविधानसभाको चुनावदेखि एमालेबाट टाढिएका थिए । गत नगरपालिका चुनावमा उनी स्वतन्त्र उम्मेद्वारको रुपमा मेयर पदको उम्मेद्वार बनेका थिए । तर उनी पार्टी नेतृत्वमा रहँदा र नरहँदाको जुनसुकै अवस्थामा सामाजिक रुपमा भने लोकप्रिय रहँदै आएका छन् ।

बनको चुनावमा लोकप्रिय उम्मेद्वार र बलियो गठबन्धनका कारण उनले चुनाव जितेका हुन् । नेकपा एकीकृत समाजबादीको नेतृत्वको गठबन्धनमा नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्र सामेल थियो । अर्कातिर नेकपा एमालेको नेतृत्वमा बनेको गठबन्धनमा राप्रपा सामेल थियो ।

इतिहासतिर फर्किने हो भने चन्द्रगढी सामुदायिक बनको अवधारणा, स्थापना र सञ्चालनमा जहिल्यै दुर्गा भट्टराईको भूमिका नेतृत्वदायी रह्यो । २०५४ साल असोज २१ गते बनको स्थापना भयो र यसले कानूनी मान्यता २०६६ मा प्राप्त गरेको थियो ।

स्थापनाकालदेखि एक कार्यकाल बाहेक सबै अवधिमा भट्टराई नै अध्यक्ष रहँदै आएका छन् । यस अघि एकपटक चुनाव भएको थियो । जसमा नेकपा एमालेका नेता हिरा पोखरेल अध्यक्षमा निर्वाचित भएका थिए ।

२२ वर्ष अध्यक्ष रहिसकेका भट्टराईले उपभोक्ताको मन जितेको पुष्टि भएको छ । उपभोक्ताहरु उनी नभई बन समिति राम्रो चल्न सक्दैन भन्ने मान्यता राख्छन् ।
यसरी समर्थन पाएका उनी अहिलेको अप्ठेरो राजनीतिक अवस्थामा पनि एकीकृत समाजबादीको नेतृत्वमा गठबन्धन बनाएर अध्यक्ष पदमा बिजयी बन्न सफल भए । नेकपा एमालेका लागि चन्द्रगढी सामुदायिक बनको चुनाव धक्का सावित भएको छ ।

गठबन्धनमा सामेल राप्रपाका तर्फबाट उपाध्यक्ष र सहसचिव जस्ता महत्वपूर्ण पदका उम्मेद्वार बिजयी बनेका छन् । दलित, जनजाति, अपांग र आदिबासीको आरक्षित सिटमा भने नेकपा एमालेका उम्मेद्वारले जितेका छन् ।

मतदाताले पार्टीभन्दा व्यक्ति हेरेर मतदान गरेको हुँदा परिणाम मिश्रित र अध्यक्षमा भट्टराईको जित भएको विश्लेषण गरिएको छ ।

पछिल्लो समाचार

बिसे नगर्ची खोज : २३२ वर्ष पुरानो तीन वटा लालमोहर भेटिए

अघिल्लो समाचार

प्रदेशको अवस्था जहाँको त्यहीँ रहेछ : मन्त्री आङ्बो

Related Posts

ज्यामिरगढीमा असाेज ३ गतेदेखि ´त्रिवेणी च्यालेञ्ज कप` 
banner -1

स्थगित ´त्रिवेणी च्यालेञ्ज कप` मंसिर १० गतेदेखि

कार्तिक २७, २०८२, १२:५२ .बिहिबार
मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम
banner -2

मेचीनगरमा लैङ्गिक हिंसा विरूद्वकाे क्षमता अभिवृद्धि कार्यक्रम

कार्तिक २६, २०८२, ११:३१ .बुधबार
पुलिसलाई झापा महिला गोल्डकपको उपाधि
banner -1

पुलिसलाई झापा महिला गोल्डकपको उपाधि

कार्तिक २४, २०८२, २:२२ .सोमवार
जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली
banner -2

जन दवावका लागि भाेलि एमाले मेचीनगरकाे माेटरसाइकल र्याली

कार्तिक २४, २०८२, ११:४३ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.