२२ कार्तिक २०८२, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

झापा कांग्रेस

सभापतिका उम्मेद्वार कट्टेललाई शर्मा र थेबेलाई सिटौलाको साथ

मंसिर ४, २०७८, ३:२६ .शनिबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ मंसिर । राजनीतिक दृष्टिले महत्वपूर्ण मानिएको जिल्लामा नेपाली कांग्रेसको सभापति पदमा राम कट्टेल र देउमान थेबेबीच प्रतिष्पर्धा हुने भएको छ ।

पार्टीको १४ औं राष्ट्रिय महाधिवेशनको सन्दर्भमा उपसभापति कट्टेल र पूर्व उपसभापति थेबेले जिल्ला सभापति पदको उम्मेद्वार बन्ने घोषणा गरेर कार्यकर्तासँग मत माग्न थालिसकेका छन् ।

दुबै उम्मेद्वारलाई जिताउन केन्द्रीय नेता तथा स्थानीय कार्यकर्ता दुई खेमामा विभाजित छन् भने अलग अलग प्रचार समिति गठन गरिएका छन् ।

झापामा पाँच वटा निर्वाचन क्षेत्र, १० वटा प्रदेश निर्वाचन क्षेत्र र १५ पालिका रहेका छन् । अहिलेदेखि नै गाउँ गाउँमा दुबै उम्मेद्वारले समूह बनाएर आफ्ना नीति, कार्यक्रम र धारणा कार्यकर्ता माझ पुर्याउन थालिसकेका छन् ।

पार्टीको राष्ट्रिय राजनीतिमा सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका नेताको नेतृत्वमा अलग अलग खेमा भए तापनि झापामा पार्टीका प्रवक्ता विश्वप्रकाश शर्मा र पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा खेमा बनेको छ ।

सभापतिका उम्मेद्वार राम कट्टेललाई प्रवक्ता शर्मा र देउमान थेबेलाई पूर्व महामन्त्री सिटौलाको खुला समर्थन रहेको छ ।

पार्टीका जिल्ला सभापति उद्धव थापा, पूर्व सांसद्हरु सुधिरकुमार शिवाकोटी, केशवकुमार बुढाथोकी, प्रचार विभागका प्रमुख कृष्ण हुमागाई थेबेको पक्षमा मत माग्ने अभियानमा सहभागी छन् ।

त्यसैगरी, सभापतिका अर्का उम्मेद्वार राम कट्टेललाई जिताउन धुलावारी क्याम्पसका प्रमुख एवम् बौद्धिक व्यक्तित्व पुष्पराज पौडेलको संयोजकत्वमा राम कट्टेल जिताउ अभियान समिति गठन भएको छ ।

संविधान सभा सदस्य उषा गुरुङ, जिल्ला समितिका सचिवद्वय ताराबीर कटुवाल र प्रेम सम्बाहाम्फे, नेपाल शिक्षक महासंघका पूर्व जिल्ला अध्यक्ष तेजप्रसाद चौलागाई, जिल्ला प्रवक्ता लोकराज ढकाल लगायतका नेताहरु कट्टेलको पक्षमा खुलेर मत मागिरहेका छन् ।
प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको गृहजिल्ला झापामा नेपाली कांग्रेसको नेतृत्वको बागडोर कसले लिन्छ भन्ने विषय राष्ट्रिय राजनीतिमा समेत चासोपूर्वक हेरिएको छ ।

पार्टीको केन्द्रीय सभापति पदमा उम्मेद्वार बन्ने चर्चामा रहनु भएको पूर्व महामन्त्री सिटौला र यही महाधिवेशनमा महामन्त्रीको उम्मेद्वारी घोषणा गरिसकेका प्रवक्ता शर्माको शक्ति परीक्षणका लागि समेत जिल्लाको पार्टी चुनाव महत्वपूर्ण मानिएको छ ।

भद्र सहमतिको विवाद

पार्टीको १३ औं महाधिवेशनका बेला जिल्ला सभापति पदमा अहिलेका उम्मेद्वार देउमान थेबे र अहिलेका सभापति उद्धव थापाबीच प्रतिष्पर्धाको माहौल थियो ।

तर नेताहरु सिटौला र शर्माबीचको सहमतिमा उद्धव थापालाई त्यसबेला सर्वसम्मत सभापति चयन गरिएको थियो । नौ बुँदे सहमति पत्र तयार पारेर उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष लगायतका पदमा भागबण्डा गरिएको थियो ।

सहमतिको कुनै पनि बुँदामा नलेखिए पनि १४ औं महाधिवेशनमा थेबेलाई सर्वसम्मत सभापति बनाउने विषयमा भद्र सहमति भएको थेबे पक्षधरको दावी छ ।

थेबे पक्षधरले भद्र सहमतिको पालना गर्न कट्टेल पक्षलाई दवाव दिइरहेको समेत छ । तर, थेबेलाई सभापति पदमा सर्वसम्मत बनाउने भनेर कुनै सहमति नभएको कट्टेल पक्षको भनाई छ ।

१३ औं महाधिवेशनमा सभापति पद सर्वसम्मत गराउन उम्मेद्वारी त्याग गरेको विषयमा उच्च मूल्यांकन गर्दै नौ बुँदे सहमतिको पहिलो बुँदामा थेबेको राजनीतिक भूमिकालाई सम्बद्र्धन गरिने उल्लेख छ ।

यही बुँदाका विषयमा दुबै खेमाबीच फरक फरक ब्याख्या भइरहेको छ । कट्टेल पक्षमा रहेकी संविधानसभा सदस्य उषा गुरुङले थेबेलाई सभापति पद दिइनुपर्छ भनेर कुनै भद्र सहमति नभएको जनाउँदै बरु उनलाई त्यसबेलै जनवर्गीय संगठन हेर्नेगरी विभागीय प्रमुख र प्रतिनिधिसभाको चुनावमा उम्मेद्वार बनाइएको बताउँदै आएकी छन् ।

थेबे जिताउ अभियानमा लागेका संविधानसभा सदस्य सुधिरकुमार शिवाकोटीले थेबेलाई उनको त्यसबेलाको त्यागको सम्मान गर्दै अर्को अधिवेशनमा सर्वसम्मत सभापति बनाउने भनेर भद्र सहमति भएको दावी दोहोर्याउँदै आएका छन् ।

त्यही सहमति अनुरुप पार्टीमा उपसभापति, सचिव, सहसचिव र कोषाध्यक्ष पदमा सर्वसम्मत चयन गरिएको जनाउँदै अहिले आएर भद्र सहमति तोड्नु राजनीतिक रुपमा बेइमानी हुने शिवाकोटीको आरोप छ ।

नौ बुँदे सहमतिमा विश्वप्रकाश शर्मा, डिल्ली सिटौला, सुधिरकुमार शिवाकोटी र गोपालकुमार बस्नेतको हस्ताक्षर रहेको थियो ।

पछिल्लो समाचार

म्याराथुन दौडको उपाधि किरण  र भवानीलाई

अघिल्लो समाचार

सत्य साई सेवा संगठनको प्रदेश स्तरीय युवा सम्मेलन

Related Posts

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस
banner -1

एमाले मेचीनगरद्वारा चौतारीका दुईसहित ५ जनालाई निस्काशन, निलम्बन र कारवाहीको सिफारिस

कार्तिक २१, २०८२, २:४१ .शुक्रबार
बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’
banner

बोर्डरल्याण्ड पत्रिकाको बार्षिकोत्सवमा मेयरले भने–‘जेनजी आन्दोलनपछि समाज त्रसीत छ’

कार्तिक २१, २०८२, १:०९ .शुक्रबार
झापा महिला गोल्डकप : पुलिस फाइनलमा
banner -2

झापा महिला गोल्डकप : पुलिस फाइनलमा

कार्तिक २१, २०८२, १:०२ .शुक्रबार
झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा
banner

झापा महिला गोल्डकप : त्रिभुवन आर्मी सेमिफाइनलमा

कार्तिक २०, २०८२, १२:३१ .बिहिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.