मेचीनगर, ५ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को सभापति पदमा इन्द्रबहादुर बुढाथोकी र गोपाल तामाङ उम्मेद्वार बनेका छन् ।
सहायक मतदान अधिकृत ज्ञानेन्द्र निरौलाका अनुसार मतदान अधिकृतको कार्याललयले आज उम्मेद्वारी दर्ता भएका उम्मेद्वारहरुको अन्तिम सूची प्रकाशित गरिसकेको छ ।
जस अनुसार धुलावारीका बुढाथोकी र काँकरभिट्टाका तामाङको क्षेत्रीय सभापति पदमा उम्मेद्वारी परेको छ ।
निरौलाका अनुसार दुई जना सचिव पदका लागि ६ जनाको उम्मेद्वारी दर्ता भएको छ ।
उनीहरुमा अजयकुमार घिमिरे, खगेन्द्र बिष्ट, गुणराज भट्टराई (राजन), लावण्यकुमार पोखरेल, सुरेन्द्र बुढाथोकी र हस्त आङ्देम्बे रहेका छन् ।
दुई जना सहसचिव पदमा उत्तमकुमार राजबंशी, कृष्णबहादुर सुबेदी, खगेन्द्रबहादुर गिरी, दिपक काफ्ले, पार्वती मल्ल र राजु आचार्यको उम्मेद्वारी दर्ता भएको छ ।
कांग्रेसको विधान अनुसार क्षेत्रीय उपसभापति पदको निर्वाचन हुँदैन । प्रदेश (क) र (ख) का सभापतिहरु नै स्वतः निर्वाचन क्षेत्रस्तरीय समितिको उपसभापति हुन्छन् ।
Discussion about this post