मेचीनगर, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १ को क्षेत्रीय अधिवेशनका सम्पन्न भएको छ ।
क्षेत्र नं. १ का ६१७ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६१० जनाले मतदान गरेका छन् ।
क्षेत्र नं. १ प्रदेश (क) बाट ३८० र (ख) बाट २३० क्षेत्रीय प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
प्रदेश (क) बाट ४ र (ख) बाट ३ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी नभएको बताईएको छ । जसमा एक जना क्षेत्रीय प्रतिनिधिको केहि दिनअघि निधन भएको थियो ।
धुलाबारी स्थित टाउन हलमा आज विहान ९ वजेदेखि सुरु भएको मतदान साँझ ५ वजे सम्पन्न भएको थियो ।
अहिले बेलुका ६ वजेदेखि मतगणना सुरु हुने निर्वाचन सिमितिका सदस्य देवु बानियाँले जानकारी दिए ।
Discussion about this post