मेचीनगर, ६ मंसिर । नेपाली कांग्रेस झापा क्षेत्र नं. १, क्षेत्रीय अधिवेशन र महाधिवेशनको मतगणना सुरु भएको छ ।
अहिले भर्खरै धुलाबारी स्थित टाउन हलमा मतगणना सुरु भएको हो ।
आज साँझ सम्पन्न भएको क्षेत्र नं. १ को अधिवेशनमा कुल ६१७ जना क्षेत्रीय प्रतिनिधि मध्ये ६१० जनाले मतदान गरेका थिए ।
क्षेत्र नं. १ प्रदेश (क) बाट ३८० र (ख) बाट २३० जना क्षेत्रीय प्रतिनिधिले मतदान गरेको निर्वाचन समितिले जनाएको छ ।
त्यसमध्ये ७ जना क्षेत्रीय प्रतिनिधि मतदानमा सहभागी भएनन् ।
निर्वाचन सिमितिका सदस्य देवु बानियाँले अहिले भर्खरै मतगणना सुरु भएको जानकारी दिए ।
Discussion about this post