भद्रपुर, ६ मंसिर । जल ,जमिन र जंगल जनताको हुनु पर्छ भन्ने मुल नारा बोकेको राष्ट्रिय भूमि अधिकार मञ्च झापाले भद्रपुर–९ स्थित प्रणामी नगरमा एक दिवसीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गैरसरकारी महासंघ झापा अध्यक्ष हरि गौतमको प्रमुख आतिथ्यतामा सोमबार सोही नगर स्थित सुकुमवासी वस्तीमा आयोजित
कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै अध्यक्ष अर्जुन राईले स्थानीय जन प्रतिनिधिले भूमिहिन सुकुमवासीहरुलाई वेवास्था गरेको बताए ।
उनले चुनावका बेला आफुहरुलाई विभिन्न आश्वासन देखाउँदै मतदान गर्न आग्रह गर्ने राजनैतिक दलहरुले नै सुकुमवासीका समस्याका बारेमा नसुनेको दावी गरे ।
उनले सुकुमवासीहरुले अहिलेसम्म पनि धनीपुर्जा पाउन नसकेको बताउँदै जुनसुकै राजनैतिक दल होस या स्थानीय सरकार कसैले पनि आफुहरुका मागलाईृ नसुनेको बताउदै अगामी चुनावमा भने सबै सुकुमवासीहरु राजनैतिक दलहरुलाई मतदान गर्न सचेत रहनु पर्नेमा जोड दिए ।
अध्यक्ष राईले झापामा भण्डै ६० हजार भुमीहिन सुकुमवासी रहेको बताउदै सुकुमवासी समस्या समाधान गर्दै उनीहरुका अधिकारहरुलाईृ समेत सुनिश्चित गरिनु पर्ने बताए ।
उनले उक्त कार्यक्रमक लागि आफैले भद्रपुर नगरपालिका प्रमुख, उपप्रमुख र केहि वडाध्यक्षहरुलाई समेत निमन्त्रणा गरे पनि उनीहरुको उपस्थित नभएकोमा दुःख व्याक्त गरे ।
कार्यक्रममा अतिथि गौतम, समाजसेवी शान्तिराम सापकोटा, सुवेदार रामप्रसाद राई ,भद्रपुर–९ माओवादी केन्द्रका अध्यक्ष डिल्लीराम राजबंशी, करेलु राजबंशी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गणेश अधिकारीको सञ्चालन तथा अखिल नेपाल जिल्ला सुकुमवासी संघका ज्ञानबहादुर थापा मगरले स्वागत मन्तव्य राखेको कार्यक्रममा स्थानीय जेष्ठ बुद्धरानी लिम्लुलाई सम्मान गरिएको थियो ।
Discussion about this post