६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

चौथो कम्युनिष्ट अन्तर्राष्ट्रिय गठनबारे चीनको धारणा के हो : विप्लवको

मंसिर ६, २०७८, १०:०१ .सोमवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

झापा, ६ मंसिर । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीलाई चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे चिनियाँ कम्युनिष्ट पार्टीको धारणा माग गरेको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीले १९ औं केन्द्रीय कमिटीको छैटौं विस्तारित बैठकका निर्णय र संकल्पबारे दक्षिण एसियाका कम्युनिष्ट तथा वाम पार्टीहरूलाई सोमबार भर्चुअल माध्यमबाट ब्रिफिङ गर्न आयोजित कार्यक्रममा नेकपाले धारणा माग गरेको हो ।

रूसमा क्रान्ति सम्पन्न भएको दुई वर्षपछि सन् १९१९ मा लेनिनले विश्वका कम्युनिष्ट पार्टीहरूबीच मोर्चा बनाउने उद्देश्यले कम्युनिष्ट इन्टरनेशनल अर्थात् कोमिन्टर्न गठन गरेका थिए । यसलाई तेस्रो इन्टरनेशनल पनि भनिन्छ ।

यसअघि कार्ल मार्क्स र फ्रेडरिक एंगेल्सको अगुवाईमा १८६४ मा पहिले इन्टरनेशनल स्थापना गरिएको थियो भने १८८९ मा एंगेल्सको अगुवाईमा दोस्रो इन्टरनेशनल बनेको थियो । यसको उद्देश्य विश्वभरीका साम्यवादीहरूलाई संगठित गर्नु थियो ।

चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको कार्यक्रममा पहिलोपटक निम्ताइएका विप्लवले चिनियाँ नेताहरूलाई सोधे, ‘चौथो कम्युनिष्ट इन्टरनेशनल गठनबारे तपाईंहरूले के सोचिरहनुभएको छ ?’

विप्लवको प्रश्नको जवाफ दिन चिनियाँ नेता छिङ काङले लामो समय खर्चिएका थिए । उनले जवाफमा भने, ‘कम्युनिस्ट आन्दोलन र समाजवाद निरन्तर विकास भइरहेको छ र यो नयाँ चरणमा पुगेको छ ।

चीनमा हामीले पनि यसबारे छलफल गरिरहेका छौं तर निष्कर्षमा पुगिसकेको छैन ।’ आफ्नो विशेषता अनुरुपको बाटो समात्नुपर्ने भन्दै उनले जनता केन्द्रित हुन र व्यवस्थाप्रति प्रतिबद्ध हुन पनि सुझाए ।

विप्लवको प्रश्नको जवाफ दिने क्रममा छिङ काङले भने–

साम्यवाद र समाज निरन्तर विकास भइरहेको छ र नयाँ चरणमा छ । हामीले चीनमा पनि छलफल गरिरहेका छौं तर निष्कर्षमा पुगिसकेका छैनौं । मेरो विचारमा यो ३ चरणबाट गुज्रिरहेको छ ।

समाजवादको वैज्ञानिक आधार छ । धेरै पहिला साम्यवादलाई जन्माएको मार्क्सवादले समाजवादको विकास गरेको हो र विश्वभर समाजवाद निर्माण भइरहेको छ ।

दोस्रो चरणमा समाजवाद सिद्धान्तबाट व्यवहारमा फेरिएको छ । जस्तै रुसमा । सिद्धान्तसँग व्यवहार मिल्नुपर्छ र व्यवहारले सिद्धान्तलाई गति दिनुपर्छ । र तेस्रो चरण भनेको दोस्रो विश्वयुद्धपछि एउटा मुलुकबाट अर्को मुलुकमा साम्यवाद विकास भइरहेको छ ।

कैयौं मुलुकमा समाजवाद विकास भइरहेको छ र विश्वलाई परिवर्तन गरिरहेको छ । हाल विश्वमा पुँजीवाद हावी छ र यसले ठूलो प्रभाव पारेको छ । एक मुलुकबाट अर्को मुलुकमा विकास भइरहेको समाजवादले अझै धेरै कुरा जन्माउनुपर्छ । पूर्वी विश्वमा विकास भइरहेको वैज्ञानिक समाजवाद मार्क्सवादीको नयाँ आकांक्षा हो ।

तसर्थ, कम विकसित आर्थिक अवस्था भएका मुलुकले कसरी समाजवाद निर्माण गर्छन् भन्ने प्रश्नको उत्तर दिनुपर्छ । हामीले धेरै अनुभव बटुलेका छौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)ले लामो समयको अन्वेषणपछि चिनियाँ विशेषताको समाजवाद निर्माण गर्ने कुरालाई जोड दिन्छ ।

त्यस्तै, अन्य कम्युनिष्ट पार्टीको समेत आफ्नै अनुभव र विगत छ । सीपीसी र अन्य कम्युनिष्ट पार्टीको अनुभव समाजवाद निर्माणमा महत्वपूर्ण हुन्छ । समाजवाद परम्परागत सोंचबाट नयाँ सोंचमा फेरिएको छ । हामीले आधुनिक समाजवाद निर्माण गरिरहेका छौं ।

समाजवादको योगदानको कुरा गर्दा हामीले यो विगततर्फ फर्किन सक्दैन भनेर बुझ्नुपर्छ । दोस्रो, यसलाई आर्थिक विश्वव्यापीकरणभित्र समाहित गर्नुपर्छ । समाजवादलाई निश्चित क्षेत्रमा मात्रै सीमित पार्नु हुँदैन, विश्वभर विकास गर्नुपर्छ भनेर माक्सवादीले भन्दै आएका छन् ।

वैज्ञानिक समाजवादका लागि लडिरहेका छौँ : विप्लव

पार्टीका प्रमुख नेताहरूसहित कार्यक्रममा सहभागी विप्लवले चिनियाँ कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पूरा गरेको अवसरमा शुभकामना दिएका थिए ।

उनले समाजवादी र पुँजीवादी विश्व दृष्टिकोण र व्यवस्थाबीच संघर्ष चलिरहेको उल्लेख गर्दै भने, ‘विश्वमा शान्ति, स्थिरता र समृद्धिको नेतृत्व समाजवादी खेमाले गर्दै आएको छ र गर्नु परेको छ भने भूमण्डलीकृत पुँजीवादले अस्थिरता, अराजकता, पर्यावरणीय प्रदूषण र अतिक्रमणको नेतृत्व गरिरहेको छ ।’

उनले संसारका कम्युनिष्टहरुले विश्व समाजवादका लागि अझै राम्रो योगदान गर्नुपर्नेमा जोड दिँदै नेकपा नेपालमा वैज्ञानिक समाजवादका लागि लडिरहेको बताए । उनले भने, ‘समाजवादलाई रोक्नका लागि देशी तथा विदेशी पुँजीवादी प्रवृत्तिले अनेक हस्तक्षेप गरिरहेको छ ।

हामी नेपालमा परिवर्तन, शान्ति, स्वाधीनता, मित्रता र समृद्धि चाहन्छौं । यसमा सबैको सहयोग रहोस् भन्ने हामी चाहन्छौं ।’ आफ्नो संक्षिप्त सम्बोधनको क्रममा महासचिव विप्लवले चिनियाँ विशेषतासहितको समाजवादको प्रशंसा गरे ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)ले सी विचारधारा र नीतिबाट सिंगो मानव जातीले लाभ लिन सक्ने विश्वास व्यक्त गर्दै विश्व जगतले चीनप्रति आशावादी भएर हेरिरहेको बताए ।

कार्यक्रममा ढिलो गरी सहभागी भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वका राष्ट्रबीच सहकार्य गरेर साझा भविष्यसहितको समुदाय निर्माण गर्न चिनियाँ कम्युनिष्ट पार्टीको छैटौं विस्तारित बैठकको विशेष महत्व रहेको धारणा राखे । सम्बोधनको क्रममा प्रचण्डले नेपाल सधैं ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको बताए ।

कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले चिनियाँ कम्युनिष्ट पार्टीको नेतृत्वमा चीनले प्राप्त गरेका सफलताको प्रसंशा गरे । उनले कम्युनिष्टहरू सत्तामा पुगेपछि अहंकारी बन्ने गरेको र यस्तो प्रवृत्तिले आन्दोलनलाई संकटतर्फ धकेल्ने गरेको तर्क गरे ।

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ

कार्यक्रममा नेपालका कम्युनिष्ट तथा वाम पार्टीहरूका साथै भारत, बंगलादेश र श्रीलंकाका कम्युनिष्ट पार्टीका शीर्ष नेताहरुको सहभागिता थियो भने चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सङ ताओ र विभिन्न विषयगत विज्ञहरुले बोलेका थिए ।

कार्यक्रममा नेकपा एमाले र जनता समाजवादी पार्टीलाई आमन्त्रण गरिए पनि उक्त पार्टीका नेताहरू बैठकमा सहभागी भएनन् ।

पछिल्लो समाचार

भूमि अधिकार मञ्चद्वारा अन्तरक्रिया

अघिल्लो समाचार

क्षेत्र नं. १ को अध्यक्षमा बुढाथोकीको अग्रता

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.