१४ आश्विन २०८०, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

कन्याममा चित्रकला प्रदर्शनी सुरु (फोटो फिचर)

मंसिर १६, २०७८, ७:५३ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कन्याम, १६ मंसिर । काँकरभिट्टामा रहेको देही आर्ट ग्यालेरीको आयोजनामा ईलामको कन्याममा आजबाट मंसिर शनिबारसम्म तीन दिवशीय कला प्रदर्शनी तथा द इम्प्रेसन्स–७ महापरिनिर्वाण सुरु भएको छ ।

भगवान गौतम बुद्घको दर्शनलाई आत्मसाथ गर्दै आम नेपाली समुदायलाई गौतम बुद्घको दर्शनको बारेमा जानकारी गराउने उद्देश्यले इलामको कन्याममा भगवान गौतम बुद्घको दर्शनमा आधारित कला प्रदर्शनी सुरु गरिएको हो ।

स्थानीय श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजित कार्यक्रममको उद्घाटन १ नम्बर प्रदेश सांसद बुद्घिमान कागते तथा भारतका पर्यटन प्रबर्धनका अभियन्ता राज वसुले संयुक्त रुपमा ब्यानर खोलेर गरेका थिए ।

कार्यक्रको उद्घाटनपछि बोल्दै प्रमुख अतिथि कागतेले पर्यटन प्रवर्धनमा साहित्य, कलाक्षेत्रबाट ठूलो सहयोग पुग्ने बताए ।
भगवान गौतम बुद्घको ज्ञानलाई चित्रकलाको माध्यमबाट समाजमा प्रस्तुत गर्दै समाज रुपान्तरणमा देही आर्टको भूमिका सकारात्मक भएको र यसले पर्यटन प्रवर्धनमा ठूलो सहयोग पुग्ने बताए ।

सो अवसरमा विशेष अतिथि राजबसुले भगवान गौतम बुद्घ सिदार्थबाट कसरी गौतम बुद्घ बने र उनी आज संसारमा किन महापरिनिर्माणको रुपमा ज्योती छरिरहेका छन् भन्ने विषयमा जानकारी गराएका थिए । उनले बुद्घको सोच र ज्ञानलाई हरेक ब्याक्तिले अपनाउने हो भने जीवनमा दुःख नहुने बताए ।

सो अवसरमा कलाकार छितेन शेर्पाले ‘भन्ते र भिक्खा’ शिर्षकमा पर्फमेन्स आर्ट गरेका थिए । उनले कपाल खौरेर भिक्षुको भेषधारण गरि ३ बजेसम्म भिक्षा मागेका थिए । सो अवसरमा स्थानीय तथा विद्यालयका विद्यार्थीहरुले चित्रकला प्रदर्शनीमा अवलोकन गरेका थिए ।

प्रदर्शनीमा भगवान बुद्घको २० बाई ६ फुटको क्यानभाष तथा बिभिन्न २० वटा अन्य चित्रहरु राखिएको छ । कार्यक्रममा प्रदेश नम्बर १ का १५ जना कलाकारहरुले कार्यशाला गरि जलरंग चित्र बनाएका छन् ।

उद्घाटन सत्रको साँझ ‘संग्स अफ फिलोसफी ’नामक अनप्लग्ड सांगीतिक कार्यक्रम हुने भएको छ । त्यसैगरी दोस्रो दिन भोलि स्थानीय विद्यालयका विद्यार्थीहरुलाई चित्तकला सम्बन्धी कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम रहेको छ । त्यस्तै तेस्रो दिन शनिबार बिभिन्न कार्यशालासहित कार्यक्रम सम्पन्न हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा ५ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । प्रदर्शनीमा राखिएको उक्त क्यानभाषको चित्र देही आर्टका कलाकारहरु छितेन शेर्पा, तुलसी श्रेष्ठ, विष्णु लिम्बू, विनोद राजवंशी, सविन सुनुवार, रोषन सुब्बा, रिता राई, मौलिक लिम्बू, सुशील राई, अभिषेक प्रधान लगायतले निर्माण गरेको बताइएको छ ।

कार्यक्रमको सञ्चालन कलाकार विनोद राजवंशीले गरेका थिए ।

पछिल्लो समाचार

भारतमा पनि भेटिए ओमिक्रोन भेरियन्टका संक्रमित

अघिल्लो समाचार

९ वटा देशबाट नेपाल आउन रोक

Related Posts

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी
banner -1

पूर्वी नाकामा सम्भावना भन्दा चुनौती धेरै : एआईजी भण्डारी

अशोज १४, २०८०, ६:५१ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -2

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता

अशोज १४, २०८०, ५:३० .आइतवार
नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल
banner

नेपालमा कम्युनिष्ट बाहेक कसैले देश हाक्न सक्दैन : नेपाल

अशोज १४, २०८०, ५:१२ .आइतवार
फेरि बढ्यो पेट्रोल र एलपी ग्यासको मूल्य
banner -1

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो

अशोज १४, २०८०, ७:१३ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In