८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

रेल्वेमा नपर्ने जग्गा तत्काल फुकुवा गर्ने निर्णय

पुस २३, २०७८, ७:४८ .शुक्रबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २३ पुस । मेची–महाकाली विद्युतीय रेलमार्गको काँकरभिट्टा–इनरुवा खण्ड अन्तर्गत झापाको जग्गा अधिग्रहण तथा मुआब्जा क्षतिपूर्ति निर्धारणका लागि आवश्यक प्राविधिक काम तत्काल सम्पन्न गर्ने निर्णय भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुुमार तिमिल्सिनाको अध्यक्षतामा जिल्लास्थित राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिको विहीबार जिल्ला प्रशासन कार्यालयमा भएको बैठकले त्यस्तोे निर्णय गरेको हो ।

प्रजिअ तिमिल्सिनाले प्रशासन कार्यालयका तर्फबाट हालसम्म भएको पहल र प्रगति बारे जानकारी गराएका थिए । रेल्वेका लागि नक्सांकन भएका झापाका ६ वटै पालिकाको वडास्तरसम्म पुगेर रेल्वे प्रभावित क्षेत्रकोे लगत संकलन कार्य सम्पन्न भएको र यसबारेमा केही प्रमाणिकरण गर्न बाँकी रहेको भए तत्काल सम्पन्न गर्ने निर्णय भएकोे छ ।

त्यस्तै रेल्वे अन्तर्गत मोरङ र सुनसरीमा डिमार्केशनको काम भइरहेकोमा अब एक महिनाभित्र झापामा डिमार्केशन गरी पिलर गाड्ने कार्य सम्पन्न गर्ने निर्णय भएको छ । अब एक सातामा डिमार्केशन गरी पिलर गाड्ने कार्य सुरु गरिने रेल योजना कार्यालयले जनाएको छ । डिमार्केशन सकिए लगत्तै रेल्वेमा नपर्ने जग्गाको रोक्का फुकुवा गर्ने बैठकले निर्णय गरेको छ ।

त्यसैगरी रेल्वे क्षेत्रमा पर्ने जग्गाको मुुआब्जा निर्धारण तत्काल गर्न सक्ने गरी तयारी हालतमा रहने निर्णय भएकोे छ । झापाको हकमा प्र्रचलित दररेट अनुसार मुुआब्जा निर्धारणको काम लगभग सकिएको बुुुझिएको छ । तर, मुआब्जा निर्धारण गर्न स्रोत सुनिश्चितता गर्नुपर्न भएकाले उक्त कार्यको लागि रेल आयोजना कार्यालय, राजनीतिक दल लगायत सरोकारावाला निकायहरुले सक्रिय रुपमा पहल गर्ने निर्णय भएको छ ।

स्रोत सुनिश्चित गर्न दलहरुले सरकारको ध्यानाकर्षण समेत गराएका छन् । हाल रेल योजना कार्यालय अन्तर्गत प्रदेश १मा मुआब्जा वितरणका लागि एक अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको तर, मुआब्जाका लागि करिब २५ अर्ब आवश्यक पर्ने बताइँँदै आएको छ ।

आवश्यक स्रोत सुनिश्चिताका लागि रेल योजना कार्यालयको समन्वयमा झापा, मोरङ र सुनसरीका राजनीतिक दल तथा सरोकारवाला निकायका प्रतिनिधिहरु प्रधानमन्त्री, अर्थमन्त्री, भौतिक योजनामन्त्री समक्ष माघ दोस्रो साता भित्र डेलिगेशन जाने विषयमा समेत बैठकमा छलफल भएको छ ।

बैठकमा राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका जिल्ला सभापति देउमान थेवे, नेकपा एमालेका प्रतिनिधि यमबहादुर श्रेष्ठ, नेकपा माओेवादी केन्द्रका जिल्ला अध्यक्ष विजय साम्पाङ, नेकपा एकीकृत समाजवादीका जिल्ला अध्यक्ष वेदराज रेग्मी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष दिपेन वालाराई, केन्द्रीय सदस्य देउकुमार नेम्वाङ, लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला अध्यक्ष अनुतसिंह राजवंशी, राप्रपाका जिल्ला सहसचिव अभिषेक ढुुंगानाले रेल्वेको मुआब्जा लगायतका समस्याा तत्काल समाधान हुनुपर्नेमा जोड दिँदै त्यसका लागि राजनीतिक दलकातर्फबाट जस्तोसुकै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

बैठकमा रेल योजना कार्यालय दमकका योजना प्रमुख इञ्जिनियर प्रकाशचन्द्र भण्डारी र इञ्जिनियर बोधप्रसाद भण्डारीले प्राविधिक कामको अहिलेसम्मको प्रगति बारे जानकारी गराएका थिए ।

रेल्वे प्रभावित मुआब्जा समन्वय समितिका अध्यक्ष डा. लक्ष्मीप्रसाद मैनाली र महासचिव रञ्जित प्रसाईंले प्रभावितहरुकातर्फबाट विभिन्न विषयमा कुरा राखेका थिए । बैठकको संयोजन संवाद समूहले गरेको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने, नयाँ श्रीनाथ गण चारआलीका प्रमुुख सेनानी अमरजंग थापा, जिल्ला प्र्रहरी कार्यालय झापाका प्र्रहरी उपरीक्षक शानुराम भट्टराई, सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डे, राष्ट्रिय अनुसन्धान झापाका उपअनुसन्धान निर्देशक तिलक शर्मा प्रसाईं, प्रमुख मालपोत अधिकृत योगेन्द्रप्रसाद दुलाल, प्रमुख नापी अधिकृत दुर्गादास महर्जनको समेत बैठकमा सहभागिता थियो ।

पछिल्लो समाचार

पत्रकार महासंघ झापाको माथ्लो तला भवन थपिदै

अघिल्लो समाचार

भद्रपुरमा खेलकुद प्रतियोगिताको तयारी पुरा

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.