६ जेष्ठ २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘गौरादहको बजारैमा‘’ गीतका गायकको कथा

माघ २७, २०७८, १०:३७ .बिहिबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, २७ माघ । प्रख्यात भएपछि धेरैले गाउँ भुल्छन् । सहर ताक्छन् ।

आफ्नो संस्कृति र संस्कार बिर्सन्छन् । तर, ‘गौरादहको बजारैमा‘’ गीत गाएर सदाबहार चर्चित राष्ट्रिय कलाकार सीताराम ताजपुरियाले आफ्नो गाउँ गौरादह र नेपाली संस्कृतिलाई उत्तिकै माया गर्दै आएका छन् ।

रेडियो नेपालको गायक अधिकृत पदबाट २०७१ भदौ १७ गते अवकाश पाएपछि काठमाडौंको लामो बसाई टुंग्याएर उनी पत्नी लक्ष्मी ताजपुरियासँग गौरादह फर्किए । बुवाको पालामा बनेको झुपडी घर मक्किएको हुँदा जागिरबाट बचेको पैसाले गौरादह नगरपालिका वडा नं. २ मा सानो नयाँ घर बनाए । अहिले त्यही घरमा ताजपुरिया दम्पति बस्दै आएका छन् ।

“धेरै गीत गाएँ, धेरै दाम चाहिँ कमाउन सकिन,” काठमाडौंबाट गाउँ फर्किएर अवकाश जीवन बिताइरहेका उनी भन्छन–“तर, धेरै नाम कमाउन पाएकोमा खुशी छु । गौरादहकै गीत गाउँदा सबैले चिन्नुभयो । गौरादह नै प्यारो लाग्छ ।”
झापामा राजबंशी र ताजपुरिया बढी जनसंख्या भएको आदिबासी समुदाय हो । उनीहरुको आफ्नै मातृभाषा, भेषभुषा र संस्कृति छ । मातृसंस्कृति जोगाउँदै उनले नेपाली भाषा र लोकलयमा गीत गाएर पुर्याएको योगदान अद्वितीय छ ।
गौरादहको एउटै गीतले चर्चित बनायो

वि.सं. २०३९ साल जेठमा अञ्चलाधीश लीलाराज बिष्ट र प्रमुख जिल्ला अधिकारी दानबहादुर शाहीले गीत सुनेर दिएको एक सय पच्चिस रुपैयाँ बोकेर गौरादहबाट काठमाडौं पुगेका ताजपुरियाले रेडियो नेपालमा स्वर परीक्षा पास गरेलगत्तै ताजपुरिया भाषामा नेपालकै पहिलो गीत रेकर्ड गराएका थिए ।

गीतको बोल थियो–“कालो गेरे छोडिर देहार गथान खपा हेर्देली माई नाखत बेसान‘ ।” यसको अर्थ लाग्थ्यो–“काली काली भए पनि हिस्सी परेकी छौं‘.।”

उसबेला रेडियो नेपालमा फुलबारी कार्यक्रममा भाषाभाषीको गीत बज्थ्यो । ताजपुरिया भाषाको गीत गाएको धेरै पछि मात्र उनले नेपाली लोकगीत गाउने अवसर पाए । जसको बोल थियो–

“गौरादहको बजारैमा माया हाम्रो बस्यो,
कसो गरी भुल्ने होला मन उडी गयो ।”

यो गीत यति लोकप्रिय बन्यो कि यसैले सीताराम ताजपुरियालाई विश्वभरिका नेपाली भाषीसामू चिनायो । यही गीतको ख्यातिका कारण २०५७ सालमा तत्कालीन राजा वीरेन्द्रबाट उनले गोरखा दक्षिणबाहु पदकले विभूषित हुने अवसर पाए । रेडियो नेपालले उनलाई स्वर्ण पदक समेत दियो ।

३६ वर्ष अघि २०४२ सालतिर “गौरादहको बजारैमा..” गीत रेकर्ड भएको थियो । गायक ताजपुरियाको आफ्नै रचना, स्वर र संगीत मिसिएको छ उक्त गीतमा । उनका अनुसार २०३३ सालमा एसएलसीको जाँच दिएपछि यो गीतको पहिलो हरफ लेखिएको थियो । पछि पुनर्लेखन गरेर गीतलाई रेकर्ड गरिएको थियो ।

गौरादहको बजारमा मायालुसँग माया साटेको भावना बोकेको उक्त गीत गाउँदा गौरादह बजारमा पुराना शैलीका झुपडी घरहरु मात्र थिए । अहिले ठूला महल र फराकिला सडकले नगरपालिकामा रुपान्तरित सहर भइसकेको छ गौरादह ।

“गौरादह र जुरोपानी गाउँ समेटेर नगरपालिका बनाउन लाग्दा गौरापानी नगरपालिका बनाउने तयारी भएको रहेछ,” उनले भने–“गौरादहको पहिचान मेटाउनु हुँदैन भनेर मैले नेताहरुलाई आग्रह गरेको थिएँ । आखिर पहिचान बाँच्यो ।”
चोकको नामाकरण उहाँकै नामबाट

गौरादह–२ मा गौरीगञ्ज जाने सडकमै जोडिएको छ उनको घर । घरको आँगनमा रंगीबिरंगी फुल फुलेका छन् । गौरादह चोकबाट दक्षिणमा रहेको उनको घर भएको चोकको नामाकरण ‘सीताराम ताजपुरिया चोक’ राखिएको छ । चोकको नाम २०७२ सालमा राखिएको थियो ।

एक तले पक्की घरको छतको बुर्जामा ‘गौरादहको बजारैमा‘.’ ठूलो अक्षरले कुँदिएको छ । बाटो हिँड्ने जोकोहीले त्यो घर राष्ट्रिय गायक सीताराम ताजपुरियाको हो भनेर चिन्न सजिलो भएको छ । चोकको नामाकरणमा स्थानीय राजनीतिक दलहरु एकमत भएका थिए ।

घरभित्र भान्सा बाहेकका सबै कोठा उनले पाएका तक्मा, पुरस्कार, सम्मान र कदरका प्रमाणपत्रहरुले भरिभराउ छन् । तत्कालीन राजा वीरेन्द्र र तत्कालीन सञ्चारमन्त्री शंकर पोखरेलको हातबाट सम्मान ग्रहण गरिरहेको तस्वीर सजाइएको छ ।

सुन र चाँदीका तक्माहरु राखिएका छन् । गायक उदितनारायण झा, कलाकार मदनकृष्ण श्रेष्ठ, अभिनेता भुवन केसी र राजेश हमाल लगायतसँग खिचेका पुराना तस्वीरहरुले उनको घरलाई संग्रहालय जस्तै बनाएको छ ।
मन परेको गीत अर्कै थियो

“गौरादहको बजारैमा..” गीतले बहुचर्चित बनाए तापनि गायकको प्रिय गीत चाहिँ अर्कै रहेछ । उनलाई सर्वाधिक मन

परेको गीत यस्तो रहेछ–
“म आफ्नै आँखाबाट झरेको छु,
झरेको पातलाई जसले टेके पनि हुन्छ ।
म आफ्नै चिहानमा मरेको छु,
मरेको गीतलाई जसले लेखे पनि हुन्छ ।।”

उनका २०० भन्दा बढी गीत रेडियो नेपालमा रेकर्ड भइसकेका छन् । जसमा धेरैजसो लोकगीत छन् भने आधुनिक र भजन गीत पनि धेरै नै छन् ।

“म सानैदेखि नेपाली भाषा, संस्कृति र लोकलयसँग नजिकिएको थिएँ,” आदिबासी परिवारमा जन्मेर पनि पहाडी मूलको नेपाली लोकगीतमा रुचि राख्नुको कारण बताउँदै उनले भने–“मातृभाषा चटक्कै भुलेको होइन, नेपाली भाषा बोल्ने साथीहरु मेरा धेरै थिए । उनीहरुसँगै घुलमिल धेरै थियो । त्यसको प्रभाव गीतमा पनि पर्यो ।”

तराईमा जन्मी हुर्की गरेको उनको अधिकांश गीतमा भने पहाडी जनजीवन र भाका झल्किन्छ । उनको एउटा गीत यस्तो

छ–“ढाकरै बोकी ठ्याक्क ठ्याक्क
ओखलढुंगा चार दिनको बाटो कटारी बजार ठ्याक्क ठ्याक्क
भोकै र नांगै बालबच्चा घरमा ठ्याक्क ठ्याक्क
यस्तै नै रैछ दुखिया कर्म ठ्याक्क ठ्याक्क ।”

गीत धेरै नै गाए पनि “गौरादहको बजारैमा‘” यति धेरै प्रसिद्ध होला भनेर आफुले सुरुमा कल्पना नगरेको उनले बताए ।
बुढेसकालले छुन थालिसकेको छ उनलाई । सुगर र प्रेसरको बिरामीले च्याप्न थालेको छ । आँखाको पावर कम हुँदै गएको छ । शरीर कमजोर हुँदै गएको छ । तथापि विभिन्न जिल्लाबाट गीत गाउन बोलाउँदा उनी जाने गरेका छन् । केही समयपछि भारतको आसाममा गीत गाउन निम्तो आएको जानकारी दिदै जाने तयारी गरिरहेको उनले बताए ।

दाम नकमाए पनि नाम कमाएकोमा खुशी

सीताराम ताजपुरियाले जीवनभर नेपाली सांगीतिक क्षेत्रको सेवा गरे । तर उनले दाम होइन, नाम कमाउनु भयो । यसैमा खुशी छन् उनी ।

“जागिरबाट बिदा भएपछि आफ्नै गाउँ गौरादह आएको छु, सानैदेखिका साथीभाइ सबै यतैछन्,” उनले भावुक हुँदै भने–“मेरो बुबा गोठालो हुनुहुन्थ्यो । अर्काको बनिबुतो गरेर हामीलाई पाल्नु हुन्थ्यो । धेरै पढाउन सक्नु भएन । तर मैले काठमाडौं गएर गीत गाएर देशको सेवा गर्न पाएँ । गौरादहको नाम चम्काउन पाएँ ।”

उनको सम्पत्तिको नाममा एक कठ्ठा जग्गा र घर छ । पत्नी लक्ष्मी ताजपुरिया पनि संगीतप्रति झुकाव राख्छिन् । छोराछोरी छैनन् । बाँचुञ्जेल नेपाली संगीतको सेवा गर्ने इच्छा उनले सुनाए । गौरादह नगरपालिकाले सम्मान गर्ने भएको रहेछ । पत्रकार र संगीत क्षेत्रका मानिसहरु भेट्नका लागि आइरहन्छन् । यसैमा उनी सन्तुष्ट छन् ।

“कलाकारहरुलाई गहना भनेर मात्र हुँदैन,” उनले सरकारलाई सुझाव राख्दै भने–“देशको कला र संस्कृतिको जगेर्ना गर्ने कलाकारहरुको अवस्था के रहेछ भने यसो कहिलेकाहिँ सरकारले पनि हेरबिचार गर्नुपर्छ ।” आधुनिक संगीतको नाममा पाश्चात्य संस्कृतिको अतिक्रमणले नेपाली संगीतमा विकृति बढ्न थालेको उनको गुनासो छ ।

पछिल्लो समाचार

‘यसरी घुरेर’ गीतको म्युजिक भिडियो सार्वजनिक

अघिल्लो समाचार

शरणार्थीको कथा : ‘कुन हो मेरो देश’ ट्रेलर सार्वजनिक

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.