


मेचीनगर, २७ वैशाख । मेची उद्योग बाणिज्य संघको अध्यक्षमा खेमराज प्रसाईं निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयाेजक पदम डाँगीले अन्तिम नतिजा अनुसार अध्यक्षमा प्रसाईले ७७३ मत ल्याएर विजयी भएकाे जानकारी दिए ।
प्रसाईका प्रतिस्पर्धी किशाेर (कपिल) क्षेत्रीले ७३३ मत मात्र ल्याए । अध्यक्षमा ४० मतकाे फरक परेकाे थियाे । वरिष्ठ उपाध्यक्षमा आनन्द खड्का ७५२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी भूमि पौडेलले ७४५ मत मात्र ल्याए ।
उद्योग उपाध्यक्षमा हरि कोइराला ७९५ मत ल्याई विजयी भए । उनका प्रतिस्पर्धी भीमबहादुर कुँवर ६४२ मत मात्र ल्याए । बाणिज्य उपाध्यक्षमा सन्तोष खवास ८०७ भारी मतका साथ विजयी भए । उनका प्रतिस्पर्धी तिलक थापाले ६२१ मत ल्याएका थिए ।
यस्तै महिला उपाध्यक्षमा उषा नेपाली श्रेष्ठले ७८० मत ल्याएर विजयी भएकाे निर्वाचन समिति सदस्य अजय घिमिरेले बताए । उनका प्रतिस्पर्धी सुन्दरी श्रेष्ठले ६५५ मत मात्र ल्याइन् । महासचिवमा ध्रुब कनालले ७२४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी दिनेश शाक्यले ७२० मत ल्याएका थिए ।
महिला सदस्य पदमा कृष्णकुमारी प्रसाईं (कल्पना)ले ७४१, चम्पा नेम्बाङले ७५२, पुरूष सदस्य दिनेश पोखरेल-६४१, सचिन निरौला-७४९, खिरोज बराल (फिरोज)-६४६, जयकुमार श्राप (सुनार)-६६३, अर्जुन तिवारी-८६६, आशिष संग्रौला-८२०, तारा श्रेष्ठ-७३० र राजेशकुमार बंशल-६८२ मत ल्याएर विजयी भएका छन् ।
यता यी सदस्यहरू मीरा कार्की-५६९, रमा आचार्य (राधा)-५५३, यस्तै पुरूष सदस्यमा मानबहादुर कटुवाल-५१९, सुरज चौधरी-५९४, ललित अग्रवाल-५६१, विजय गुप्ता-६२६, चन्द्रबहादुर घोर्साई-५७७, विनोदकुमार बानियाँ-६३७, गोपिकृष्ण गौतम-५६६ र प्रबुल केसी क्षेत्री-४२९ मत मात्र ल्याएका थिए ।




Discussion about this post