मेचीनगर, २७ माघ । मेचीनगरमा एमाले बाहेकका चार प्रमुख दल आसन्न नगर निर्वाचनमा एक ठाउँमा उभिने भएका छन् ।
बिहीबार इटाभट्टास्थित माओबादी पार्टी कार्यालयमा आयोजित चार दलको संयुक्त बैठकले सत्तामा रहेका चार राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले चुनावमा एक भएर अघि बढ्ने निर्णय गरेका हुन् ।
बैठकमा नेपाली कांग्रेसका नगर सभापति सुदय पनेरु, माओवादी केन्द्रका नगर अध्यक्ष राजन चिमरिया, जनता समाजवादी पार्टीका नगर अध्यक्ष ओमप्रकाश खापुङ र नेकपा एसका जिल्ला सदस्य वीपी भट्टराईको उपस्थिति रहेको थियो ।
‘नगरको चारदलीय गठबन्धनले आगामी चुनावमा एकताबद्ध र सशक्त्त भएर अघि बढ्ने निर्णय गरेको छ’, नेकपा एसका जिल्ला सदस्य भट्टराईले भने–‘हाम्रा साझा धारणा सार्वजनिक गर्ने प्रतिबद्वता गरिएको छ ।’
केन्द्रमा सरकारमा रहेको पाँचदलीय गठबन्धन फुट्ने अनुमान भइरहेका बेला मेचीनगरमा आउँदो चुनावमा गठबन्धन बनाएर अघि बढ्ने निर्णय भएको छ ।
Discussion about this post