७ जेष्ठ २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

असार ११, २०७९, ११:२४ .शनिबार
0
0
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

।। अर्जुन कार्की ।।

मेचीनगर, १२ असार । मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् ।

शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरु श्रीप्रसाद मैनाली, राधा थापा, सिडिओ छविराज रिजाल, मेचीनगर नगरपालिकाका प्रमुख गोपाल चन्द्र बुढाथोकी, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख एसपी विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता डिएसपी प्रेम भण्डारी लगायतको टोलीले भारतबाट हात्ती छिर्ने मुख्य सीमा नाका मेचीनगर–४ स्थित भन्सार गौडाको मलामी टोलमा निरीक्षण गरेका हुन् ।

‘मेचीनगरका जनता वर्षौदेखि हात्तीबाट पीडित छन्’, नगरप्रमुख बुढाथोकीले भने–‘उनीहरुको दिर्घकालिन समस्या समाधानका लागि स्थानीय, प्रदेश र संघीय सरकार लाग्ने छ ।’

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार) भत्कीएको छ । काम नै नलाग्ने अवस्थामा पुगेपछि दिनहुँ हात्तीहरु हुलका हुल छिरिरहेका छन् । स्थानीयको धानबालीमा क्षति पुगेको छ भने घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्ने सम्मको हर्कत हात्तीले गरिरहेको छ । यसमा तीन वटै सरकारले ध्यान दिएको अवस्था छैन । हात्तीबाट धानबालीकोे क्षति हुँदा सरकारले सामान्य राहत बाहेक अरु केहि दिएको छैन ।

निवर्तमान नगरप्रमुख आचार्यको पालामा भन्सार गौडामा हात्ती छेक्न केहि ठाँउमा तटबन्धन गरिएको थियो । र पनि त्यसको दायाँ बायाँबाट हात्तीहरु छिरिरहेका छन् ।

‘हात्ती छेक्न तत्काल विद्युतिय तारबारलाई मर्मत गर्नुको विकल्प छैन’, प्रमुख बुढाथोकीले भने–‘यसका लागि कार्यपालिकाको वोर्ड वैठकले निर्णय गरिसकेका छ । अब सीमा क्षेत्रमा चाँडै विद्युतीय तारबार मर्मत गरिने छ ।’

उनले मेचीनगर–६ को बर्मेली टोलदेखि इलाम सलकपुर छेउ तिरिङ सम्मको करिव २५ किलोमिटर नेपाल पटिको क्षेत्रमा तटबन्धन (बाँध) निर्माण गर्न जरुरी रहेको बताए । त्यसका लागि करिव १ अर्व बजेट आवश्यक पर्ने उनको बुझाई छ ।

तटबन्धन गर्न सके भारतबाट हात्ती पनि नआउने, नदी नियन्त्रण र सिद्दीखोलाको नहरलाई त्यहाँ जोड्न सकिने बुढाथोकीको भनाई छ ।
उनका अनुसार झापाका प्रमुख जिल्ला अधिकारी छविराज रिजालको संयोजनमा हात्तीको समस्याका विषयमा बृहत छलफल गरी अवधारणा बनाएर केन्द्रको ध्यानाकर्षण गराउने योजना रहेको छ ।

मेचीनगर–४ का वडाध्यक्ष कार्कीले शनिबार साँझ समय अभावका कारण भन्सार गौडामा मात्र सांसदको टोलीलाई भारतबाट हात्ती आउने ठाँउ र यहाँका समस्याका बारेमा जानकारी गराएका थिए । वडाध्यक्ष कार्कीले स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाईट पनि वितरण गरेका थिए ।

त्यस्तै मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, स्थानीय शंकर लुईटेल लगायतले पनि हात्तीबाट भएको मानवीय तथा धान बालीको क्षति, समस्या र समाधानका विषयमा टोलीलाई अवगत गराएका थिए ।

पछिल्लो समाचार

कर्मचारी र नेता हावी भए नगरपालिका चल्दैन : कार्की

अघिल्लो समाचार

फोटो पत्रकार खरेलले भेटे इलाममा दुर्लभ चरा ‘होमराई’

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
banner

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.