।। शैलेश रिजाल ।।
मेचीनगर, १४ असार । लगातारको वर्षाका कारण झापा जलमग्न भएको छ ।
लगातारको वर्षासँगै आएको बाढीले झापाका विभिन्न ठाँउमा डुवान हुँदा एकसय ६० भन्दा बढी घर डुवानमा, ३५ घर प्रभावित र ३५० घर उच्च जोखिममा रहेको छ ।
रेडक्रस झापाका अनुसार गौरादह नगरपालिका–५ र ६ को कोहवाराको उत्तर टंगुवा समुदायको ५० घर ढुवान र बालुवथान वस्तीमा रतुवा नदीको पानी पस्न थालेको, ९ नं वडाको ६० परिवार ढ्याग्रीखोला डुवानमा परेको र वाड नं ६ को दामुना खोलाले सुकुम्बासी बस्तीको ३५ घर प्रभावित भएका छन् ।
त्यस्तै शिवसताक्षी वाड नं ६ को स्वास्थ्य कार्यलय आसपास र ठग वस्तीको ५० घर परिवारहरु सताक्षी र मक्करडुब्बा खोलाको डुवानमा परेको रेडक्रस झापाले जनाएको छ ।
यसैगरी कनकाई नदीमा आएको बाढीले झापा गाउँपालिका–१ को सितुमारी, मिलन वस्ती, २ को सिर्जना वस्ती, ३ को नयाँ वस्ती ७ को टप्पु वस्तीका ३५० घरहरुमा पानी पसेको रेडक्रस झापाका फोकल पर्सन हरिशरण खड्काले बताए ।
बाढीबाट पीडित भद्रपुरका सुकुम्बासी र गौरादहका लेलिया वस्तीका बाढी पीडित जनताहरु नजिकको उच्च स्थानमा, शिवसताक्षीका स्थानीय त्रिभूव माविमा, गौरीगञ्जका रामजानकी प्रावि र छिमेकीको शरणमा तथा बाह्रदशी गाउँपालिकाका सुकुमबासीहरु दक्षिश्वार मन्दिरमा आश्रय लिएर बसेको खड्काले जानकारी दिए ।
Discussion about this post