८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित : निजी अस्पताल

साउन ४, २०७९, ७:५३ .बुधबार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ४ साउन । निजी मेडिकल कलेज तथा शिक्षण अस्पतालहरुले सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित गर्न बाध्य भएको बताएका छन् ।

नयाँ आर्थिक बर्ष सुरु भएसंगै निजी मेडिकल कलेज तथा अस्पतालहरुले सूचना जारी गर्दैै आफूहरुको बाट उपलव्ध हुँदै आएको कार्यक्रम स्थगित गरेको बताएका थिए ।

बुधबार काठमाडौँमा संयुक्त पत्रकार सम्मेलन गरी विराट मेडिकल कलेज तथा काठमाडौँ मेडिकल कलेजका सञ्चालक सुनील शर्मा, विराट मेडिकल कलेजका सञ्चालक डा.ज्ञानेन्द्रमानसिंह कार्की र बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईले बीमा कार्यक्रम स्थगित हुनुमा दोस सरकारको रहेको बताए ।

‘यहाँहरु सबैलाई थाहा छ, सरकारले गत १५ जेठमा प्रस्तुत गरेको बजेट बक्तव्यको १५१ नम्बर बुँदामा स्वास्थ्य बीमा कार्यक्रम सरकारी र सामुदायिक अस्पतालमा मात्रै सञ्चालन गर्ने भनिएको छ । त्यसपछिको डेढ महिनामा हामीलाई कुनै निर्देशन पनि आएन ।

हामी आफैले जानकारी लिन खोज्दा पनि केही भनिएन । त्यसैले हामीले बीमा कार्यक्रम रोकेका हौँ,’ बीएण्डसीका सञ्चालक प्रसाईंले भने । उनले सरकारी अस्पतालले यो कार्यक्रम धान्न नसक्ने भन्दै त्यसको प्रत्यक्ष असर जनतालाई पर्ने बताए ।

नोवेलका सञ्चालक शर्माले आफूलाई फाइदा नहुँदा नहुँदै पनि राज्यको कार्यक्रम सञ्चालन गरिदिएको दावी गर्दै निजी क्षेत्र जनता प्रति उत्तरदायी हुँदा राज्य नभएको आरोप लगाए । ‘आम सर्वसाधारणले वीमा कार्यक्रम हामीले रोकेको हो कि भन्ने बुझाई भएको छ । तर त्यसो होइन राज्यले नै हामीलाई चलाउन नदिने भनेपछि हामीले सूचना जारी गरेका हौँ । यो कुरा स्पष्ट हुन जरुरी छ,’ उनले भने ।

विराटका सञ्चालक डा.कार्कीले पनि राज्यको नीति अनुसार नै आफूहरुले कार्यक्रम स्थगित गरेको बताए । सञ्चालकहरुले पुरानो बक्यौँता रकमको सोधभर्ना गरेर आग्रह गरेमा आफूले सो सेवालाई पुन निरन्तरता दिन सकिने बताए ।

बीएण्डसीले आफूहरुको ५४ करोड बढी र नोवेलले ६२ करोड बढी रकम बीमा बोर्डमा रोकिएको समेत दावी गरे । उनीहरुले ठूलो रकम रोकिदा अन्य सेवामा समेत अपठेरो परेको बताए ।

पछिल्लो समाचार

पैसो नभएर क्यान्सरका बिरामी अस्पतालबाट फर्किए

अघिल्लो समाचार

मेचीनगरलाई महालेखाको प्रश्न : ढुंगागिटी रसिदको १८ लाख कता हरायो ?

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.