६ आश्विन २०८०, शनिबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

पैसो नभएर क्यान्सरका बिरामी अस्पतालबाट फर्किए

साउन ४, २०७९, ६:३७ .बुधबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

धुलाबारी, ४ साउन । उपचारका लागि खर्च गर्ने सामर्थ्य नभएर मेचीनगर नगरपालिका वडा नं. १० का ६५ बर्षीय गोपाल दर्जी घरमै थला परेका छन् ।

उनलाई घाँटीको क्यान्सर भएको छ । चार महिना अघि क्यान्सर लागेको पुष्टि गर्दै भरतपुरस्थित वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टरले उनलाई तत्काल किमोले सेकाउन सुझाव दिएका थिए ।

उपचार गर्ने रकम नभएपछि विरामी गोपाल दर्जीलाई घरमै फर्काउन बाध्य भएको उनकी पत्नी मनमाया दर्जीले बताइन् ।

ऐलानी केही धुर जग्गामा सानो झुपडी बनाएर बस्दै आएको दर्जी परिवारको आर्थिक अवस्था अत्यन्तै नाजुक छ । ‘घरमा खान लाउनकै समस्या छ, उपचार खर्च कहाँबाट जुटाउनु ?,’ मनमाया भन्छिन–‘हामीसँग केही उपाय नै छैन ।’

बिरामीको हालत दिनानुदिन नाजुक बन्दै गएको छ । ओछ्यानबाट उठाउन सहारा चाहिने उनको बोली बाहिर आउँदैन । दम बढेर स्याँस्याँ हुन्छ । खानका लागि मुख बाउँन समेत अप्ठेरो भएकाले कोदोको खोले बिस्तारै मुखबाट छिराउने गरिएको मनमायाले बताइन् ।

‘ऐलानी जग्गामा सानो झुप्रो हालेर बसेका छौ,’ मनमायाले भनिन्, ‘उपचार गर्ने पैसा फुट्टो छैन । सबैले आर्थिक सहयोग गरिदिए बचाउन सकिन्थ्यो होला ।’

गोपाल दर्जीले बिगत १२ बर्षदेखि नेपाल टेलिकम कार्यालय धुलाबारीमा गार्डको अस्थायी जागिर गर्दै आएका थिए । बिरामले च्यापेपछि उनी काममा जान सकेका छैनन् । उमेर र तागत हुञ्जेल काम लगाउने टेलिकम जस्तो धनी सरकारी स्वामित्वको संस्थाले पनि आफ्नो कर्मचारीको उपचारमा चासो दिएको छैन ।

छरछिमेकीले दुई चार रुपैया चन्दा उठाउने प्रयास गरिरहेका छन् । डाक्टरले किमो दिएर शल्यक्रिया गर्नुपर्ने भएकाले पैसाको जोहो गरेर आउन भनेको मनमाया सुनाउँछिन् ।

उनी बिरामी भएको मेचीनगरका जनप्रतिनिधि र राजनीतिक दलका नेताहरुलाई थाहा छ । ‘हिजो चुनावमा नमस्ते गर्दै भोट माग्न आउनेहरु अहिले यस्तो हालत हुँदा अनुहार देखाउन पर्ला भनेर आएका छैनन्’–दर्जी परिवारको एक छिमेकीले बताए ।

मनमायाले आफ्नो पतिको उपचारका लागि आर्थिक सहयोग गरिदिन देश विदेशमा रहेका दिदीबहिनी तथा दाजुभाईहरुलाई अनुरोध गरेकी छन् ।

‘मेरा श्रीमान साह्रै असल र मिहेनती हुनुहुन्छ, तर अहिले यस्तो रोग लागेर ओछ्यानमा पर्नुभयो,’ उनले सहयोगको अपेक्षा गर्दै भनेकी छन्–‘भएको जेथो र सरसापटी गरेर एक डेढ लाख अहिलेसम्मको उपचारमा सकियो । अब हामीसँग केही बाँकी छैन ।मेरा श्रीमानले नै डिउटी गरेर हामी सबैलाई पाल्नुहुन्थ्यो । अब उहाँ नै थला परेपछि हामी भोकभोकै पर्ने अवस्था आयो । जसरी हुन्छ सहयोग गरेर मेरा श्रीमानको उपचार गराउने व्यवस्था गरिदिनुहोस् ।’

दर्जी परिवार बस्ने वडाको अध्यक्ष नेकपा एमालेका तर्फबाट बिजयी नारायण खनाल रहेका छन् भने स्थानीय सरकार (पालिका) मेचीनगरको नगरप्रमुख एमालेकै गोपाल बुढाथोकी छन् ।

यही निर्वाचन क्षेत्रबाट नेकपा माओबादी केन्द्रका राम कार्की संघीय सांसद् निर्वाचित भएका हुन् भने प्रदेश सांसद् एमालेका श्रीप्रसाद मैनाली हुन् । संघीय निर्वाचनमा पटकपटक उम्मेद्वार बनेका नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा यही निर्वाचन क्षेत्रका हुन् ।

नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य अशेष घिमिरे र सो पार्टीका झापा जिल्ला सचिव वीपी भट्टराई समेत सोही वडाबासी र विरामीका छिमेकी हुन् ।

आर्थिक अभावका कारण उपचार नपाउने अवस्था आउन नदिने बाँचा गर्दै आएका राजनीतिक दल, तिनका नेता र जनप्रतिनिधिहरुले गोपाल दर्जीको उपचारमा सघाउँछन् कि सघाउँदैनन्, अब हेर्नु छ ।

 

पछिल्लो समाचार

झापामा रबर उद्योगलाई अनुदान

अघिल्लो समाचार

सरकारका कारण स्वास्थ्य बीमा कार्यक्रम स्थगित : निजी अस्पताल

Related Posts

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा
banner

विद्यालय बन्द गरेर शिक्षकहरू आन्दोलनमा

अशोज ३, २०८०, १०:५५ .बुधबार
असोज १४ देखि ´समाजवाद जागरण यात्रा`
banner -2

असोज १४ देखि ´समाजवाद जागरण यात्रा`

अशोज ३, २०८०, ९:३९ .बुधबार
एमाले नेता मैनालीमाथि आफ्नै कार्यकर्ताद्वारा हातपात
box -1

भुपाल ओली धराैटीमा छुटे

अशोज ३, २०८०, ९:५५ .बुधबार
११४ औं देवकोटा जयन्ती मनाउने तयारी
banner -1

११४ औं देवकोटा जयन्ती मनाउने तयारी

अशोज ३, २०८०, ६:२० .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In