मेचीनगर, २६ भदौ । मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा शिवकुमार रेग्मी सर्वसम्मत चयन भएका छन् ।
शनिबार धुलाबारी स्थित टाउन हलमा सम्पन्न संस्थाको १५ औँ साधारण सभाले रेग्मीको अध्यक्षतामा ११ सदस्यीय नयाँ सञ्चालक समिति चयन भएको हो ।
समितिको उपाध्यक्षमा कर्णबहादुर गौतम र सचिवमा संगीता गजुरेल सर्वसम्मत चयन भएका हुन् । समितिको सदस्यहरुमा राज्यप्रकाश शर्मा, शिवकुमार पोखरेल, पुष्पा भण्डारी, हरिदास ढुंगाना, सम्भुविलास पाठक, गोविन्द श्रेष्ठ, रामलाल कोइराला र मन्दिरा दनुवार छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा कमल काफ्ले तथा सदस्यहरु घनश्याम घिमिरे र टुकबहादुर साँवा चयन भएका छन् । सञ्चालक समितिको कार्यकाल ४ वर्षको रहने छ ।
कार्यक्रममा १० जना उत्कृट बचतकर्ता, १० जना उत्कृष्ट ऋणिलाई सम्मान गरिएको थियो । त्यस्तै पूर्व सञ्चालक समिति सदस्य रीता चौधरी र मीराकार श्रेष्ठलाई विदाईसहित सम्मान गरिएको थियो । संस्थाका उत्कृष्ट कर्मचारी जमुना आचार्य पोखरेललाई सम्मान गरिएको थियो ।
५६ करोड कुल सम्पति रहेको संस्थामा ऋण लगानी ४३ करोड, निक्षेप ३७ करोड र शेयर पुँजी ५ करोड भन्दा बढी रहेको व्यवस्थापक मानस सिटौलाले जानकारी दिए ।
कार्यक्रममा बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य एवम् प्रदेश १ का संयोजक घनश्याम अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि अधिकारी, पत्रकार चन्द्र भण्डारी, पूवीद्वार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपी भट्टराई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
मेचीनगर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कमल काफ्लेको अध्यक्षता, स्वागत उपाध्यक्ष शिवकुमार रेग्मीले र कार्यक्रमको सञ्चालन सचिव संगीता गजुरेलले गरेकी थिइन् ।
Discussion about this post