झापा, २६ भदौ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ झापाको अध्यक्षमा पवित्रा पाठक सर्वसम्मत चयन भएकी छन् ।
झापा जिल्ला सम्मेलनले १५१ सदस्यीय जिल्ला कमिटी चयन गरेको थियो ।
बन्दशत्रबाटै सदस्य चयन गरेको अनेमसंघले पदाधिकारी चयन गर्दै कमिटीलाई पूर्णता दिएको हो ।
कमिटीको वरिष्ठ उपाध्यक्षमा चन्द्रा श्रेष्ठ, उपाध्यक्षमा रेणुका डाँगी उप्रेती, सचिवमा लीला दाहाल, सहसचिवमा सीता विक र कोषाध्यक्षमा कोपिला चम्लागाई सर्वसम्मत चयन भएका छन् ।
अनेमसंघ झापाको नवौं जिल्ला सम्मेलन गत भदौ ६ गते भएको थियो । सो सम्मेलनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए ।
Discussion about this post