६ बैशाख २०८३, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

भ्रष्टाचार गर्न दिन्न र गर्दिन : देवराज घिमिरे

कार्तिक २५, २०७९, ३:३० .शुक्रबार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

नेकपा एमालेभित्र निष्ठा र सालिन नेताका रुपमा स्थापित नेता हुन्, देवराज घिमिरे । झापा क्षेत्र नं.–२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका उनी अहिले चुनावी घरदैलो अभियानमा छन् । लामो समयदेखि नेपाली जनताको हितमा राजनीतिक एवम् सामाजिक रुपमा क्रियाशिल घिमिरेलाई पार्टीले प्रत्यक्ष रुपमा सेवा गर्ने अवसर मंसिर ४ को निर्वाचनमा प्रदान गरेको छ ।

राजनीतिक जीवनमा कयौं नेता कार्यकर्ता उत्पादनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका उनलाई कुशल संगठकका रुपमा चिनिन्छ । अनुशासित एवम् जिम्मेवारीमा प्रतिवद्ध घिमिरेसँग आसन्न निर्वाचनका सन्दर्भमा पत्रकार अच्युत सुवेदीले गरेको कुराकानी प्रस्तुत छ :

१. चुनावी अभियान कसरी अघि बढाइरहनु भएको छ ?

चुनावी अभियानलाई प्रभावकारी ढंगबाट अघि बढाएका छौं । यस निर्वाचन क्षेत्रभित्र पर्ने सबै पालिका र वडासम्म घरदैलो चलिरहेको छ । उम्मेदवारसहित र उम्मेदवार बाहेक पनि गाउँगाउँसम्म चुनावी प्रचारको कामलाई तिब्रता दिएका छौं । अत्यन्तै उत्साहका साथ यस निर्वाचन क्षेत्रका मतदाता दाजुभाई तथा दिदीबहिनीहरु, आमा बुबा सबैसँग भेटघाट गर्दै मंसिर ४ को निर्वाचनमा एमालेलाई सूर्य चिह्नमा मतदान गरिदिन आग्रह गरिरहेका छौं ।

हामी उम्मेदवारहरु स्वभाविक रुपमा उत्साहित हुने भइगयौ । तर, यहाँ हाम्रो उम्मेदवारीले मतदाता पनि उत्साहित बनेको देखेर हामीमा थप उर्जा प्राप्त भएको छ । नियमित घरदैलोलाई निरन्तरता दिदैं मतदातासँग आवश्यक सुझाव संकलन गर्दै आशिर्वाद लिने काम समेत भइरहेको छ ।

२. तपाई निर्वाचित हुनुभयो भने यहाँका जनताले के प्राप्त गर्नेछन् ?

सर्वप्रथम यहाँका जनताले असल प्रतिनिधि प्राप्त गर्नुहुनेछ । किनभने, जीवनको ४७ वर्ष राजनीति मार्फत मैले गरेको सेवामा कहिकतैं प्रश्न उठाउन दिएको छैन । म सधैं विकास, समृद्धि र सुशासनको पक्षमा रहदै आएको छु । म भ्रष्टाचार विरोधी मान्छे हो । भ्रष्टाचार गर्न पनि दिन्न र गर्दिन पनि । यसो भए पछि सुशासन कायम हुने भयो । अर्को, प्रशासन क्षेत्रको सेवालाई चुस्त बनाउनेछु । अहिले प्रशासनमा आम नागरिक कामका लागि पुग्दा असाध्यै झंझट व्यहोर्नुपर्छ । मैले देखेको ठुलो समस्या पनि हो, यो ।

त्यसैले प्रशासनको सेवालाई छिटो र छरितो बनाउछु । आवश्यकता र मागलाई मध्यनजर गरेर विकासका योजनाहरु ल्याउनेछु । अव्यवस्थित बसोबास गर्ने, भूमिहीन गरिव सुकुम्बासीका लागि संविधानले व्यवस्था गरेको आवासको ग्यारेण्टी गर्नेछु । भौतिक पूर्वाधारका क्षेत्रमा बृहत्तर योजना बनाई कार्यान्वयन गर्दै जानेछु । तपाई सम्पूर्ण मतदाता र शुभचिन्तकहरुको आशिर्वाद र सल्लाहमा निर्वाचित भइसकेपछि काम गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

र, ज्येष्ठ नागरिकको निमित्त आवश्यक सेवा,सुविधा समेतको व्यवस्था गर्नेछु । तपाईको प्रश्नले सोधे जस्तो जवाफ दिए कि दिन सकिन । तथापि, यहाँका जनताले म बाट जिम्मेवारी र जवाफदेही प्रतिनिधिको आभास प्राप्त गर्नुहुनेछ । अहिले अधुरा रहेका विकासका तमाम योजनाहरु मेरो कार्यकालभित्र सम्पन्न भएको देख्न पाउनु हुनेछ । खेल क्षेत्रको पूर्वाधार विकास गरिनेछ ।

३. झापा क्षेत्र नम्बर २ मा तपाईका प्राथमिकताका विषय के हुन् ?

प्राथमिकताका विषयहरु असिमित छन् । शिक्षा, स्वास्थ्य, रोजगार र विकास नै प्राथमिकता भित्रका प्राथमिक विषयहरु हुन् । नागरिकका दैनिक जीवनसँग जोडिएका सबै विषयवस्तुहरु मेरो पहिलो प्राथमिकतामा पर्नेछ । यो क्षेत्र झट्ट हेर्दा सुगम जस्तो लाग्छ ।

यहि क्षेत्रका कतिपय भूभाग दुर्गम छन् । आधारभूत सडक सञ्जाल समेत नभएको ठाउँहरु देखेको छु । खानेपानी, विजुलीका समस्या पूर्ण रुपमा समाधान गर्दै जानेछु । यो क्षेत्र स्वास्थ्य हवका रुपमा विकास भइरहेको छ । त्यसको थप व्यवस्थापनमा मेरो प्राथमिकता हुनेछ । सुन्दर र हराभरा बनाउन, वातावरण संरक्षण गर्न विज्ञको सल्लाहमा योजना निर्माण गरी कार्यान्वयन गर्दै जानेछु ।

शहरीकरणको विकासले फोहारमैला व्यवस्थापन कठिनाई भइरहेको देखेको छु । भलै, अहिले साउन भदौको जस्तो समस्या छैन । दीर्घकालिन व्यवस्थापनका लागि मेरो तर्फबाट अवश्य सहयोग हुनेछ । सबैको सहयोगबाट काम गर्दै जानेछु ।

४, यो क्षेत्रमा तपाईले के कस्ता समस्याको पहिचान गर्नु भएको छ ?

खासगरी मतदाताका पूर्वाधारसँग सम्बन्धित समस्या नै धेरै छन् । त्यसमा पनि मुलत बाटाघाटाहरु, उत्तरी भेगमा खोलाले दुःख दिएको, त्यसलाई नियन्त्रण गर्न तटबन्ध, पूल निर्माण र दक्षिणी भेगमा हात्तीको समस्या जटिल बनेको छ । त्यस्तै स्वास्थ्य सुबिधा अन्तरगत स्वास्थ्य चौकी वा हस्पिटल निर्माण, बिद्यालयको स्तरबृद्वि र रोजगारीका समस्या उठिरहेका छन् । त्यसको समाधानका लागि कस्ता योजनाहरु रहेका छन् भनेर मतदाताले सोधिरहनुभएको छ र त्यसमा म प्रतिवद्वता जनाइरहेको छु ।

लामो समयदेखि बन्न नसकेको हर्कलाल मार्ग जस्ता सडकहरु मैले नोट गरेको विषय हो । निर्वाचि भएपछि शुरु नै हर्कलाल मार्गबाट गर्ने मेरो योजना छ । समस्याहरु अनगिन्ती छन्, मैलेभन्दा पनि आम नागरिकले भोग्दै आएका समस्याको पहिचान गरेर समाधान गर्दै जानुपर्ने हुन्छ । यहाँ, गफ गरेर केहि हुने छैन । निर्वाचित गराउनुहोस्, काम गरेर देखाउने मेरो काम हो ।

५. तपाईको प्रतिस्पर्धी कसलाई ठान्नु भएको छ ?

नेकपा एमालेको मुख्य प्रतिष्पर्धी भनेको देशभर गठबन्धनको उम्मेदवार हुन् । यसलाई छलकपट गर्नैपदैन । तर, झापाको यस क्षेत्रमा अलिक फरक छ । वास्तवमा, मेरो प्रतिस्पर्धी देख्दिन । मेरो प्रतिष्पर्धी छैन भने पनि हुन्छ । गठबन्धनको पक्षमा जनता खास देखिदैनन् । सबै पार्टी मिलाएर ठूलो गठबन्धन गर्ने उनीहरुले कोशिस गरिरहेका छन् ।

तर, उनीहरु आपैmमा कमजोर रहेका छन् । एमाले छोडेको १२ घण्टापछि तिनै व्यक्तिलाई गठबन्धनले उम्मेदवार बनाएको छ । जसको जनमत छैन, उनैलाई उम्मेदवार बनाएको हुँदा मेरो लागि गठबन्धनको उम्मेदवार प्रतिष्पर्धी होइन ।

६. गठबन्धन के कारणले कमजोर देख्नुहुन्छ ?

जो गठबन्धनका उम्मेदवार हुनुहुन्छ उहाँ छोटो समयको निर्णयमा एमाले छाडेर उता जानुभएको छ । चुनाव चिह्न माओबादीको भए पनि उनीहरुलाई नै आफ्नो नेता हो भन्ने अनुभव भएको छैन । माओबादी प्रति नै कांग्रेसको बितृष्णा र बिरोध रहेको छ । त्यसैले अहिले देशभर कै मतदाता गठबन्धनको पक्षमा छैनन् । अझै झापा २ को अवस्था हेर्ने हो भने त उनीहरुले आपूmभित्र उम्मेदवार नभेटेर अर्को पार्टीको मान्छेलाई फकाएर ल्याएको उम्मेदवारको पक्षमा कार्यकर्ता नै लाग्ने स्थिति छैन ।

यसै कारण पनि गठबन्धन कमजोर रहेको छ । सबैले देखिरहनु भएको छ, गठबन्धनका चुनावी भेलाहरुको दयनीय अवस्था छ । गठबन्धनको उम्मेदवारले बोल्ने बेला हुँदा आफ्नै कार्यकर्ता भेटिदैनन् । कांग्रेस खुलेर सहयोग गरिरहेको छैन । माओवादीले आफ्नो उम्मेदवारले आँट नगरेपछि एमाले छोडेको व्यक्तिलाई उम्मेदवार बनाएको छ । यसैले पनि हाम्रो निर्वाचन क्षेत्रमा गठबन्धन नामको छ, हाम्रा सामु गठबन्धन धेरै कमजोर हो ।

७. दलहरुप्रति वितृष्णा र स्वतन्त्रप्रति आकर्षण बढेको छ भनिन्छ । यो अवस्थामा दलप्रति आकर्षण बढाउन के गर्दै हुनुहुन्छ ?

यो गलत कुरा हो । अपवादका घटनालाई जोडेर स्वतन्त्रप्रति आकर्षण भएको भन्न मिल्दैन । झापामा स्वतन्त्रको कुनै अर्थ छैन । अझ मेरो क्षेत्रमा कोहि स्वतन्त्र उम्मेदवार बन्नु भएको छ भने त्यो एउटा मजाक मात्रै हुन्छ । इन्जोएमेन्टका लागि कसैले उम्मेदवारी दिएका हुन सक्छन् । त्यसै विषयलाई स्वतन्त्रप्रति आकर्षण भन्न मिल्दैन ।

दलप्रतिको एउटा बिरोध हुन सक्छ । जनताका समस्या समाधान नभएर दलहरुप्रति बिरोध गरेको होला । यसको मतलव स्वतन्त्र प्रति आकर्षण भन्न मिल्दैन । अहिलेसम्मको परिवर्तन दलहरुले नै ल्याएको भन्ने कुरा सबैमा हेक्का छ । स्वतन्त्रले दललाई गाली मात्रै गर्ने हुन् । जसको कतै योगदान छैन, योजना छैन कार्यक्रम छैन । उसले दलहरुलाई गाली गरेर हिड्ने नै हो ।

अर्को कुरा स्वतन्त्रले जिते पनि सरकार बनाउने स्थिति हुदैन । संविधानले स्वतन्त्रको परिकल्पना पनि गरेको छैन । त्यसैले स्वतन्त्रलाई मतदान गर्नु भनेको बलुवामा पानी मात्रै हुन्छ । यसैले मतदानमा सोचविचार गर्नुहोस्, भन्न चहान्छु । दलहरुका कमिकमजोरी सच्याएर जान सकिन्छ । दलहरुको विकल्प स्वतन्त्र हुन सक्दैनन् ।

दलहरु प्रति आकर्षण गर्ने कुरा जहाँसम्म छ, यो संभव छ । नयाँ पुस्तालाई राजनीतिक दलले ल्याएका परिवर्तन बारे बुझाउन सकिन्छ । त्यसमा पनि नेकपा एमाले जस्तो राष्ट्रबादी शक्तिले गरेका कामहरुलाइृ अध्ययन गर्ने र बुझ्ने कोशिस गर्ने हो भने आकर्षण सहजै हुनेछ ।

८. गठबन्धनलाई परास्त गर्न सक्ने तपाइको आधार के छ ?

मुख्य आधार भनेकै एमालेले यो राष्ट्रमा गरेका काम हुन् । यो कुरालाई नेपाली जनताले मज्जाले बुझ्नु भएको छ । एमालेबाट गठबन्धनलाई मत जाँदैन । बरु, झापा २ मा गठबन्धनको समेत एमालेलाई मत आउनेमा हामी विश्वस्त छौ । जसले गर्दा गठबन्धन बलियो छैन । अर्को आधार स्थानीय निर्वाचनमा वडा अध्यक्षले पाएको मत हिजो सबै स्थानीय उम्मेदवार हुँदाको स्थिति हो । तर आज त्यो हुँदैन ।

आफन्त, नातागोताले गर्दा मत यता उता भएको थियो । त्यो राजनीतिक भन्दा पनि व्यवहारिक थियो । तर अहिले त्यस्तो हुँदैन । अहिले त पार्टीमा उम्मेदवारले खेलेको भूमिका, राजनीतिक छवि, उसका प्रतिवद्वता, घोषणापत्र आदिको मुल्याङ्कन हुन्छ । जसले गर्दा मेरो जीत सुनिश्चित छ ।

९.उम्मेदवारहरु चुनाव जितेपछि गाउँ फर्कदैनन् भन्ने आरोप छ नि ?

अँ त्यो असन्तुष्टि जनताबाट मैले पनि पाएको छु । गाउँ फर्किने भन्दा पनि उनीहरुले बाचा पुरा गरे कि गरेनन् भन्ने हो । उम्मेदवार यहीँ भए दवाव दिन सकिन्छ भन्ने हो । तर काम गर्ने प्रतिवद्वता पाएपछि त्यो कुराले खासै फरक पार्दैन जस्तो लाग्छ मलाई । जनतालाई नेताको उपस्थिति भन्दा पनि विकास चाहिएको छ ।

म यसै ठाउँको बासिन्दा नफर्किने त कुरै छैन । त्यो भन्दा पनि मैले विकासलाई प्राथमिकतमा दिनेछु । मैले गर्ने विकास देखेर जनताले मलाई सम्झिरहनेछन् । र, उहाँहरुले मेरो काम देखेर भन्नुहुनेछ , तपाईलाई गाउँ आउने फुर्सद नभए नहोस्, यसरी नै विकास गरिदिनुहोस् ।

१०. निर्वाचन आयोगले भड्किलो चुनाव प्रचारको शैलीलाई परिमार्जन गरेको छ । यसले कतिको प्रभाव पारेको छ ?

त्यो चाहिँ छ । हिजोको शैलीमा कसको पक्षमा कति जनमत छ भन्ने आंकलन हुन्थ्यो भने आज त्यस्तो देखिँदैन । जसले गर्दा प्रतिकृया पनि बुझ्न सकिन्यो त्यो अहिले बुझ्न गाह्रो भएको चाहिँ पक्कै हो । तर, हामी पनि भड्किलो चुनावको पक्षमाा छैनों । एमालेले जनताको निम्ति गरेका काम नै पर्याप्त भएको हुँदा चुनावमा तडकभडक जरुरी छैन ।

११. अन्त्यमा आम मतदातालाई के भन्नुहुन्छ ?

आम मतदातालाई हिजोका प्रतिनिधिले के कारणले काम गर्न सकेनन् भन्ने कुरा चाहिँ बुझिदिन अनुरोध गर्छु । त्यो कारण ठिक हो कि हैन निष्पक्ष भएर बुझिदिन पनि अनुरोध छ । अब काम गर्ने आधार हामीले जे दिएका छौँ त्यसमा बिश्वास राखेर आगामी मंसिर ४ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा चार वटै मतपत्रमा सूर्य चिन्हमा मतदान गरेर एमालेका उम्मेदवारलाई बिजयी गराइदिनु हुन अनुरोध गर्दछु ।

एमालेले विजय हासिल गर्न सकेन भने देश फेरि दुर्घटनामा पर्नेछ । देशलाई जोगाउने हो भने राष्ट्रबादी शक्ति एमालेको विजयी आवश्यक छ । यदि गठबन्धनको हातमा देश पुग्यो भने सारा नेपालीले दुख पाउनुपर्ने छ । देश विकास गरेर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पुरा गर्न सूर्य चिह्नमा मतदान गर्नुहोस् ।

पछिल्लो समाचार

शर्मा र सिटौलाले एक अर्कालाई भोट मागे

अघिल्लो समाचार

विश्वप्रकाशले गुहारे भोट माग्न भूमि आयोगका अध्यक्ष

Related Posts

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन
box -2

बुधबारेकाे आदर्श युवा क्लब च्याम्पियन

बैशाख ५, २०८३, १:५८ .शनिबार
‘महाअभियान’ उद्घाटन गर्न पूर्वराजा ज्ञानेन्द्र शाह आउने
box -1

इन्धनकाे मूल्य नघटाए आन्दोलन गर्ने दुर्गा प्रसाईंकाे चेतावनी

बैशाख ५, २०८३, ८:४८ .शनिबार
मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु
banner -2

मरेको ब्रोइलर कुखुराको मासु खाँदा दाजु–भाइको मृत्यु

बैशाख ५, २०८३, ८:१३ .शनिबार
मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि
banner

मिश्रित कृषि खेतीबाट मनग्ये आम्दानी गर्दै बाहुनडाँगीका रवि

बैशाख ५, २०८३, ७:५० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.