८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

एमालेले भन्यो–‘कांग्रेसले भूमि आयोग गुहार्नु लज्जास्पद’

कार्तिक २८, २०७९, ७:५८ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter
केशव निरौला ।

मेचीनगर, २८ कात्तिक । राष्ट्रिय भूमि आयोगका अध्यक्ष केशव निरौलाले आचारसंहिताको उल्लंघन गर्दै झापा–१ मा आएर कांग्रेस गठबन्धनलाई भोट मागेकोमा एमालेले आपत्ति जनाएको छ ।

आयोगका अध्यक्षलाई गुहारेर नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले भोट मागेको र सुकुम्बासीहरुलाई धनीपूर्जाको प्रलोभन बाँडेको विषयमा एमालेले आज पत्रकार सम्मेलन गरी निर्वाचन आयोगको समेत ध्यानाकर्षण गरेको छ ।

एमालेले आचारसंहिता उल्लंघन गर्नेहरुलाई कार्वाही समेत जोडदार माग गरेको छ । गठबन्धनका उम्मेद्वारहरु हारको मानिसकतामा पुगेपछि आचारसंहिता मिच्न थालेको एमालेको भनाई छ ।

मेचीनगरको वडा नं. १० धुलावारीस्थित कांग्रेसका एक कार्यकर्ताको घरमा सुकुम्बासीहरुको भेला आयोजना गरिएको र त्यहाँ आयोगका अध्यक्षले कांग्रेसका उम्मेद्वार शर्माको पक्षमा खुलेआम भोट मागेको सम्बन्धी एउटा अडियो आज अपरान्ह काठमाडौंको नेपाल प्रेस लगायतका विभिन्न मिडियामार्फत सार्वजनिक भएको थियो ।

सो अडियो सार्वजनिक भए लगत्तै नेकपा एमाले झापा क्षेत्र नं. १ ले धुलाबारीमा पत्रकार सम्मेलनको आयोजना गरेको हो ।

एमालेका झापा १ का अध्यक्ष टिकाराम मग्रातीले कांग्रेसले पराजित मनस्थितिका कारण राज्यशक्तिको चरम दुरुपयोग र एकपछि अर्को आचारसंहिताको उल्लंघन गरिरहेको बताए ।

उनले भूमि आयोगका अध्यक्ष निरौलाले उम्मेद्वारको पक्षमा भोट माग्ने कार्य निर्वाचन आचारसंहिता विपरीत भएको हुँदा तत्काल निर्वाचन आयोगले कार्वाही प्रक्रिया थाल्नु पर्ने माग गरे ।

पत्रकार सम्मेलनमा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीले सत्ता गठबन्धनले आचारसंहिता पालना गर्नु नपर्ने हो कि भन्दै प्रश्न गरेका थिए ।

कांग्रेस गठबन्धनले आचारसंहिताको धज्जी उडाउँदै जाने हो भने एमालेको धैर्यको बाँध टुट्ने चेतावनी दिएका छन् ।

के छ अडियोमा ?

निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन गर्दै राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले झापा पुगेर नेपाली कांग्रेसका उम्मेद्वारको पक्षमा भोट मागेको अडियोमा प्रष्ट सुनिन्छ ।

कांग्रेसका उम्मेद्वार शर्माको आग्रहमा मेचीनगर आएका निरौलाले विश्वप्रकाशलाई भोट दिए मात्र जग्गाको धनीपूर्जा दिने भनेर सुकुम्बासीलाई प्रलोभन देखाएको समेत अडियोमा प्रष्ट सुनिन्छ ।

‘विश्वप्रकाशजी नै यहाँ संसद्मा उठेका छन्,’ आयोगका अध्यक्ष निरौलाले अडियोमा भनेका छन्–‘अरु जेसुकै भए पनि कामका लागि हामीले विश्वप्रकाशलाई जिताउनु पर्छ । गठबन्धनलाई जिताउनु पर्छ । मैले यो कुरा मेची महाकाली सबैतिर भन्दै आएको छु ।’

अडियोमा भूमि आयोगका झापा अध्यक्ष तिलक पाण्डे, नेपाली कांग्रेस झापा निवत्र्तमान सचिव प्रेम सम्बाहाम्फे र नेपाल शिक्षक महासंघ झापाका पूर्व अध्यक्ष एवम् धुलाबारी माविका शिक्षक तेजप्रसाद चौलागाईले समेत सुकुम्बासीलाई प्रलोभनमा पार्ने अभिव्यक्ति दिएको सुनिन्छ ।

‘तपाईहरुलाई हामी विश्वस्त तुल्याउँछौं, यो काम गर्छौं,’ अडियोमा निरौला भन्छन्–‘त्यसमा एउटा अवस्था चाहिँ के आउनु पर्छ भने नि, गठबन्धनको सरकार हुनुपर्छ । गठबन्धनको सरकार भएन भने काम हुँदैन ।’

कानून भन्छ–कार्वाही हुन्छ

निर्वाचन आचारसंहिता–२०७९ ले नेपाल सरकारले गठन गरेको कुनै पनि आयोगका पदाधिकारीले ‘कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गनै नहुने’ प्रष्ट व्यवस्था गरेको छ । (परिच्छेद ३ को दफा ५)

निर्वाचन आचारसंहिताले नेपाल सरकारको सार्वजनिक पद धारण गरेको कुनै पनि व्यक्तिले ‘कुनै प्रकारले निर्वाचनको स्वच्छता वा निष्पक्षतालाई प्रभावित गर्ने गरी कुनै कार्य गर्न नहुने’ र ‘सरकारी स्रोत र साधन कुनै राजनीतिक दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा हुनेगरी प्रयोग गर्न वा गराउन नहुने’ व्यवस्था गरेको छ । (परिच्छेद २ को दफा ४ को ‘क’ र ‘न’ )

आचारसंहिताको उल्लंघन गरेमा निर्वाचन आयोगले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम एक लाख रुपैयाँसम्म जरिवाना वा उम्मेद्वारी रद्द गर्न सक्ने कानूनी व्यवस्था समेत रहेको छ ।

पछिल्लो समाचार

विश्वप्रकाशले गुहारे भोट माग्न भूमि आयोगका अध्यक्ष

अघिल्लो समाचार

‘भूमि आयोगका अध्यक्षमाथि छानविन हुन्छ’

Related Posts

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त
banner

दुवै आगलागी घटनामा नगरप्रमुखद्वारा दुःख व्यक्त

जेष्ठ ७, २०८२, ७:२६ .मङ्लबार
वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम
box -2

मेचीनगरमा धमाधम बाढिदैँ ‘सहिद वीरेन छात्रवृति’ रकम

जेष्ठ ६, २०८२, ६:३६ .सोमवार
लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर
banner -2

लैङ्गीक हिंसा अन्त्य गर्न समुदायसँग जोडिदै मेचीनगर

जेष्ठ ५, २०८२, ७:१६ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.