८ जेष्ठ २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आन्तरिक उडानकै ठूलो जहाज दुर्घटना, पहिलो एटीआर

माघ १, २०७९, ४:४८ .आइतवार
0
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ माघ । ७२ जना सवार यती एयरलाइन्सको विमान आइतबार विहान पोखराको सेती खोंचमा दुर्घटना भयो । काठमाडौंबाट विहान १०ः३० बजे ६८ जना यात्रु लिएर उठेको विमानमा चार जना चालक दलका सदस्य थिए ।

दुर्घटनामा परी मृत्यु भएका ६२ जनाको शव निकालिएको छ । अहिले पनि उद्धार जारी छ । उद्दारबारे अनुगमन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान तथा गृहमन्त्री रबि लामिछानेले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको कन्ट्रोल रुममा पुगेका थिए । पोखरा जाने कार्यक्रम भने स्थगित भयो ।

आइतबार नै मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग बनाएको छ भने अन्तरिक उडान गर्ने सम्पूर्ण विमानको प्राविधिक परीक्षण अनिर्वाय गर्न निर्देशन दिएको छ । विगतमा पनि हरेक दुर्घटनापछि जाँचबुझ आयोग बन्ने गरेको छ, तर दुर्घटनाको क्रम रोकिएको छैन ।

पछिल्लो पटक १५ जेठ २०७९ मा तारा एयरको जहाज दुर्घटनामा परेको थियो । यो दुर्घटनामा चालक दलका सदस्यसहित २२ जनाको निधन भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार आइतबार भएको दुर्घटना ५८औं हो ।

यसअघि नेपालमा ५७ वटा दुर्घटनामा परिसकेका थिए, जसमध्ये दुई वटा इन्जिन भएका जहाज ४९ वटा दुर्घटनामा परिसकेका छन् । ८ वटा जहाजमा सिंगल इन्जिन थियो ।

नेपालको आन्तरिक उडानतर्फ पहिलो दुर्घटना विसं २०१८ सालमा भएको थियो । भैरहवामा भएको ९-एन एएडी जहाज दुर्घटनामा ४ जना यात्रुले ज्यान गुमाएका थिए ।

नेपालको हवाई इतिहासमा हेलिकप्टर दुर्घटनाको संख्या ३६ पुगिसकेको छ । नेपालमा पहिलो हेलिकप्टर दुर्घटना सन् १९७९ मा लाङटाङमा दुर्घटनामा परेको थियो । यो हेलिकप्टरमा भीभीआई सवार थिए । पछिल्लो पटक सन् २०१९ मा मनाङ एयरको एनएन-एएलसी हेलिकप्टर दुर्घटनामा परेको थियो ।

पहिलो एटीआर दुर्घटना, धेरै मृत्यु

एटीआर जहाज, नेपालमा सबभन्दा सुरक्षित मानिन्छ । नेपालमा बुद्ध एयरसँग सबभन्दा धेरै १४ वटा र यति एयरलाइन्ससँग ६ वटा एटीआर जहाज छन् । यो एटीआर ७२-५०० विमान थियो ।

तर आइतबार त्यही जहाज दुर्घटनामा पर्‍यो । यसले मृतकको संख्या पनि धेरै भएको छ । नेपाली सेनाका अनुसार विमानमा सवार ७२ मध्ये अहिलेसम्म ६२ जनाको मृत्यु पुष्टि भइसक्यो भने अरुको उद्धार चलिरहेको छ ।

नेपालको आन्तरिक उडानमा भएको दुर्घटनामा मृतकको यो संख्या अहिलेसम्मकै ठूलो हो ।

प्राधिकरणका अनुसार आइतबारको घटनाअघि नै नेपालको आन्तरिक उडानमा भएका दुर्घटनामा ३६३ जना यात्रुको जहाज दुर्घटनामा मृत्यु भएको छ । दुर्घटनाग्रस्त विमानमा सवार १३९ जना यात्रुको भने जीवितै उद्धार भएको रेकर्ड छ ।

सबभन्दा धेरै यात्रुको मृत्यु भने सन् २००० मा भएको जहाज दुर्घटनामा भएको थियो । डडेलधुराको जोबुढामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो । यो पटक भने त्योभन्दा बढी मानवीय क्षति भएको छ ।

नेपालमा भएको ठूलो दुर्घटना

नेपाली आकासका भएको अहिलेसम्मकै ठूलो दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको जहाज दुर्घटना हुँदा १६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको जहाज दुर्घटनामा ११३ यात्रुले ज्यान गुमाएका थिए ।

पछिल्लो पटक सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बङ्ला कम्पनीको जहाज दुर्घटनामा गर्दा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा विदेशी मुलुकका जहाज दुर्घटनामा परेका छन् र ३७३ जना यात्रुले ज्यान गुमाएका छन् ।

तर, यी अन्तर्राष्ट्रिय उडानका विमान दुर्घटना थिए, आन्तरिकतर्फ आइतबार पोखराको विमान दुर्घटना इतिहासकै ठूलो क्षति गरेको दुर्घटना हो ।

पछिल्लो समाचार

विमान दुर्घटना : खोज तथा उद्धारमा क्रेनको प्रयोग

अघिल्लो समाचार

अहिलेसम्म ६२ वटा शव निकालियो : नेपाली सेना

Related Posts

वडाले बाढ्यो किसानलाई कृषि औजार
banner -1

वडाले बाढ्यो किसानलाई कृषि औजार

जेष्ठ ६, २०८२, ७:२७ .सोमवार
शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल
banner -1

शर्माले सगरमाथा बेसक्याम्पमा मन्त्रीहरु बोलाएर गरे छलफल

जेष्ठ ४, २०८२, ५:३९ .शनिबार
नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ
banner -1

हुण्डी कारोबारको आरोपमा धुलाबारीका ७ व्यापारी पक्राउ

जेष्ठ २, २०८२, ७:४३ .बिहिबार
एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी
banner -1

एआई तालिमले नगरवासीको हितमा कलम चलोस् : नगरप्रमुख बुढाथोकी

बैशाख २८, २०८२, ६:४२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.