बाहुनडाँगी, २९ कात्तिक । मानव-हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चको अध्यक्षमा हरिप्रसाद उप्रेती निर्वाचित भएका छन् ।
शनिबार मेचीनगर-४ स्थित विद्या विकास एकेडेमीमा भएको चुनावबाट अध्यक्षमा उप्रेती निर्वाचित भएका हुन् ।
अध्यक्षमा उप्रेती २५ मतकाे मतान्तरसहित विजयी बनेकाे निर्वाचन समिति संयोजक चन्द्रशेखर गुरागाईले जानकारी दिए ।
उप्रेतीले ३ सय ४३ मत प्राप्त गरेका थिए । उप्रेती यसअघि पनि एक कार्यकाल अध्यक्ष भइसकेका हुन् ।
उनका प्रतिस्पर्धी टिकाराम सापकोटाले ३ सय १८ मत प्राप्त गरे । ९५७ मतदाता रहेको मञ्चको चुनावमा ६७७ जनाले मतदान गरेका थिए ।
महासचिव पदमा मञ्जिल देवान निर्वाचित भएका छन् । देवानले ३६४ मत प्राप्त गरेका थिए । उनका प्रतिस्पर्धी शंकर लुइँटेल क्षेत्रीले २६८ मत मात्र पाए ।
यस्तै, कोषाध्यक्षमा सम्झना सारु मगर निर्विरोध निर्वाचित भएकी छन् ।
यसअघि वर्तमान अध्यक्ष निरज घिमिरे, महासचिव रमेश दाहाल र कोषाध्यक्ष निर्मला सुवेदीले राजीनामा दिएपछि नयाँ नेतृत्वका लागि चुनाव भएको संयोजक गुरागाईले बताए ।




Discussion about this post