
झापा, २ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाई मध्यरातमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर स्थित घरबाटै प्रसाईलाई पक्राउ गरेको हाे ।
सार्वजनिक रूपमा हिंसा भड्किने गरी अराजक अभिव्यक्ति दिएको आरोपमा उनलाई सोमबार मध्यरातमा पक्राउ गरिएको प्रहरीले बताएको छ ।
यसअघि चैत १५ गते हिंसात्मक आन्दोलनमा पक्राउ परेका प्रसाई अदालतको आदेशपछि छुटेका थिए ।
राजावादी गतिविधिमा संलग्न प्रसाई बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै आन्दोलनको तयारीमा थिए ।
उनले भर्खरै नागरिक बचाउ अभियान नामक दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् ।




Discussion about this post