२९ मंसिर २०८२, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

समाज

मेचीनगरले दियो ४६ जना किसानलाई कृषि औजार

मंसिर ५, २०८२, ११:२७ .शुक्रबार
0
0
0
SHARES
117
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, ५ मंसिर । मेचीागर नगरपालिकाले आज ४६ जना किसानलाई कृषि औजारका सामग्रीहरु वितरण गरेको छ ।

शुक्रबार नगरपालिकाको सभाहल परिसरमा एक कार्यक्रमको आयोजना गरेर उनीहरुलाई विभिन्न प्रकारका कृषि औजारहरु वितरण गरिएको हो ।

एक जना किसानलाई एउटा कम्बाइन मिल, दुई जनालाई काउम्याट र ४३ जना किसानलाई कुटी काट्ने मेसिन वितरण गरिएको छ ।

मेचीनगर–७ को राई बंगुर फर्मका सञ्चालक रविन राईलाई एउटा कम्बाइन मिल, मेचीनगर–२ का हरिभक्त चापागाईलाई ४ वटा काउम्याट र मेचीनगर–४ को उपकार कृषि फर्मका सञ्चालक सन्तोष राईलाई १६ वटा काउम्याट प्रदान गरिएको छ ।

त्यस्तै मेचीनगर–११ का १० जना, मेचीनगर–१० का २ जना, मेचीनगर–५ र २ का १÷१ जना, मेचीनगर–८ का ९ जना, मेचीनगर–३ का १६ जना र मेचीनगर–१५ का ३ जनालाई गरी ४३ जना किसानलाई कुटी काट्ने मेसिन प्रदान गरिएको हो ।

कार्यक्रममा नगरप्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती लगायतले किसानहरुलाई उक्त औजारहरु प्रदान गरेका थिए । प्रमुख अतिथि नगरप्रमुख बुढाथोकीले पशुपालक कृषकहरुले अधिकदम फाइदा लिउन भनेर नगरपालिकाले ढिलै भएपनि व्यवस्थित ढंगले सम्बन्धित पक्षलाई वितरणमा ध्यान दिएको बताए । यस्तै उपप्रमुख उप्रेतीले थोरै वितरण गर्ने सही ढंगले वितरण गर्न सके सदुपयोग हुन्छ भन्ने आशा व्यक्त गरेकी थिइन् ।

कार्यक्रममा मेचीनगर–३ का किसान विनोद थापाले नगरपालिकाले कृषि क्षेत्रमा काम गरेका कृषकहरुलाई दिएको औजारले खेती गर्न सहज भएको बताए ।

किसानसँगको पचास प्रतिशत लागत साझेदारीमा करिव १४ लाख मुल्य बराबरको उक्त सामग्रीहरु वितरण गरिएको छ । कार्यालयको आर्थिक वर्ष २०८१÷८२ को स्वीकृत नगरस्तरीय कार्यक्रम अनुसार मागमा आधारित पशुपालन प्रवद्धन कार्यक्रम (५० प्रतिशत अनुदान) अन्तरगत आज वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारी, वरिष्ठ प्रशासकीय अधिकृत अनन्तप्रकाश वस्ती, वडा नम्बर ७ का वडाध्यक्ष प्रलादमणि ओली, ३ का वडाध्यक्ष हर्कबहादुर वस्नेत, १० नम्बरका वडाध्यक्ष नारायण खनाल, कार्यपालिका सदस्य चित्र धिमाल लगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख दिपेन्द्र कार्कीले सहजीकरण गरेको कृषि औजार वितरण कार्यक्रमको प्रतिवेदन पशु विकास सेवा शाखा प्रमुख बिक्रम गुरुङले प्रस्तुत गरेका थिए ।

पछिल्लो समाचार

चुनावमा सेना परिचालन गर्ने सुरक्षा परिषद्काे निर्णय

अघिल्लो समाचार

एमालेको ‘नेसनल भोलेन्टियर फोर्स’, संयोजकमा पुष्पराज

Related Posts

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित
banner

मागुरमाडी वनमा कांग्रेसका बागी उम्मेदवार निर्वाचित

मंसिर २८, २०८२, ३:२२ .आइतवार
मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता
banner -2

मेचीनगर लेडी जेसीजको अध्यक्षमा रिता

मंसिर २८, २०८२, १:३१ .आइतवार
बिन्ती साकोसको साधारण सभा
box -2

बिन्ती साकोसको साधारण सभा

मंसिर २८, २०८२, १२:५५ .आइतवार
एमाले अजम्बरी छ : ओली
box -1

एमाले अजम्बरी छ : ओली

मंसिर २७, २०८२, ११:४४ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.