झापा, ५ मंसिर । नेकपा एमालेले ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ ।
एमालेका जनसंगठन विभागका प्रमुख भानुभक्त ढकालले फोर्सको घोषणा गरेका हुन् ।
उनका अनुसार फोर्सको कमान्डर पुष्पराज श्रेष्ठ रहनेछन् । उनी युवा संघका पूर्व उपाध्यक्ष पनि हुन् । फोर्समा सबै जिल्लामा सदस्य रहनेछन् ।
पार्टी सचिवालय बैठकको निर्णय अनुसार फोर्सको घोषणा गरिएको नेता ढकालले बताए । पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा फोर्सको घोषणा गरिएको हो ।




Discussion about this post