मेचीनगर, ७ मंसिर । मेचीनगर नगरपालिकाका नगर प्रहरी सहायक निरीक्षक (असई) दिनेश गुरागाईकाे निधन भएको छ ।
उनकाे आज विहान ५:२५ मा निजी निवासमा मेचीनगर-७ स्थित ईटाभट्टामा निधन भएको हाे ।
बारूणयन्त्र इकाईका इन्चार्ज समेत रहेका ५९ वर्षीय गुरागाई गत एक वर्षदेखि पायल्स राेगबाट ग्रसीत रहेका थिए ।
पायल्स वीग्रीएर ठुलाे आन्द्राकाे दुई पटक शल्यक्रिया गरिएको थियाे । आन्द्रामा क्यान्सर भएपछि घरैमा थलिएका थिए ।
उनका एक जना श्रीमती र दुई छाेरामा कान्छा छाेरा नरेश गुरागाईकाे यसअघि नै निधन भएको थियाे ।
उनका श्रीमती तुलसा, जेठा छाेरा राजेश, वुहारी निर्मला र नाति निश्चल गुरागाई छन् ।
असई गुरागाई नगरपालिका स्थापना कालदेखिनै नगर प्रहरीमा कार्यरत थिए ।
एक कुशल, इमानदार र राष्ट्र सेवकप्रति वफादार रहेका गुरागाईकाे निधनले नगरपालिका परिवार र सिङ्गाे मेचीनगर स्तब्ध बनेकाे छ ।
गुरागाईकाे निधनमा नगरपालिकाले शाेक विदा दिएकाे छ ।
उनकाे विहान साढे ११ वजे धुलाबारी स्थित रामघाटमा अन्त्येष्टि गरिएको छ ।





Discussion about this post