८ माघ २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

अब ग्यास चुलोको विकल्प विद्युतिय चुलो : उपप्रधानमन्त्री लिङदेन

फाल्गुन ५, २०७९, ४:४२ .शुक्रबार
0
0
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

झापा, ५ फागुन । उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री राजेन्द्र लिङ्देनले विद्युतिय चुलोबाट भात पकाउन सुझाव दिएका छन् ।

आज मेचीनगरको धुलाबारीमा मेची उद्योग बाणिज्य संघको नवौँ पद हस्तान्तरण तथा सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भात पकाउने ग्यास चुलोको विकल्प अब विद्युतिय चुलोमा भात पकाउन आग्रह गरे ।

मुलुकको आर्थिक अवस्था खस्कदै गएकाले सबै दल मिलेर सामना गर्नुपर्ने उनले बताए । देशको स्थिति सामान्य आँखाले देखेजस्तो नरहेकाले दलले मिलेर सामना गर्नुको विकल्प नभएको उनको जोड थियो ।

उपप्रधानमन्त्री लिङेदेनले कुनै पनि राजनीतिक दललाई मात्र जनताले विश्वास गरेर मत नदिएको बताउँदै भन्नुभयो, “हामीलाई मिलेर काम गर्ने जनताले जनादेश दिएका छन् । एकले अर्को राजनीतिक दललाई निषेध गरेर जान मिल्दैन ।”

उहाँले सरकारमा बैचारिक, सैद्धान्तिक हिसाबले भिन्न दलको प्रतिनिधित्व भए पनि राष्ट्रियता, विकास, सुशासन र सेवा प्रवाहको मुद्दामा एक ठाउँमा उभिएर काम गर्ने नौलो अभ्यास गरिरहेको बताउनुभयो । उहाँले कुनै पनि राजनीतिक दललाई निषेध गरेर वर्तमान स्थितिमा जान नमिल्ने धारणा व्यक्त गर्नुभयो ।

उपप्रधानमन्त्री लिङ्देनले विगतमा सुनेजस्तो वर्तमान सरकार विदेशीको दबाबमा नबनेको र नेपाली राजनीतिक दल आफैं मिलेर निर्माण गरेको स्मरण गर्दै भन्नुभयो, “विकासलाई तीब्रता, भ्रष्टाचार नियन्त्रण र सेवाप्रवाहलाई चुस्त र दुरुस्त बनाएर मुलुकलाई अप्ठ्यारोबाट सहज बनाउन प्रयत्नरत छौं ।”

उहाँले नेपालका ठूला विद्युत परियोजना नेपालीकै पैसा लगानी गरेर सञ्चालनमा ल्याउने वातावरण सिर्जना गर्दै गरेका कामको केही दिनभित्रैमा सार्वजनिक गर्ने बताउनुभयो । उहाँले प्राधिकरणको शेयर अब नेपाली जनतालाई नै दिने र सकेसम्म विदेशी भूमिमा रहेका युवालाई समेटेर प्राधिकरणको मालिक बनाउने योजना अघि सारिएको बताउनुभयो ।

उहाँले अब नेपाली जनताले विद्युतको खपत बढाउनु पर्ने बताउँदै भन्नुभयो, “आपतकालीन अवस्था बाहेक एलपी ग्याँसमा होइन विद्युतीय चुलोको प्रयोग गरेर खाना पकाउनुपर्छ । यसो गरेमा आधार खर्च घट्छ ।” उहाँले स्थानीय पालिकाले जनताले चलाएका उद्योग धन्दामा प्रोत्सहान गरेमा ट्रान्समिटर र तार जडानमा प्राधिकरणले सहयोग गर्ने समेत जानकारी गराउनुभयो ।

कार्यक्रममा उद्योग बाणिज्य संघ प्रदेश नम्बर १ का अध्यक्ष टीका ढकाल, नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डीराज ढकाल लगायतले उद्योगी व्यवसायीका समस्या सडकमा आन्दोलन नगरी र टायर नबाली सुनुवाई नहुने गुनासो गर्नुभयो ।

कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो ।कार्यक्रममा संस्थाकी महिला उपाध्यक्ष विना तामाङ र कार्यसमिति सदस्य झुनादेवी बानियाँलाई सम्मान गरिएको थियो । त्यस्तै संस्थाका उत्कृष्ट कर्मचारी गणेश गिरीलाई नगद १५ हजार पुरस्कारसहित सम्मान गरिएको छ ।

कार्यक्रममा निर्वाचन समिति संयोजक अशोककुमार पोखरेलले नवनिर्वाचित समितिको नाम बाचन गर्नु भएको थियो । नवनिर्वाचित समितिका अध्यक्ष खेमराज प्रसाईले प्रतिबद्वता मन्तव्य व्यक्त गर्नु भएको थियो ।

मेची उद्योग बाणिज्य संघका अध्यक्ष ऋषिराज तिम्सिनाको सभापतित्व, स्वागत उद्योग उपाध्यक्ष कपिल क्षेत्रीले र सञ्चालन महासचिव ध्रुब कनालले गरेका थिए ।

पछिल्लो समाचार

अर्थतन्त्रलाई चलायमान राख्न निजी क्षेत्र एकजुट हुनुपर्छ : सभामुख

अघिल्लो समाचार

रोटरीद्वारा नगरपालिकालाई १०० थान ‘व्हिल चियर’ हस्तान्तरण

Related Posts

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू
banner -2

अब बीएण्डसीमा ´डर्मटाेलाेजी` सेवा पनि सुरू

माघ ७, २०८२, ४:०२ .बुधबार
झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी
banner -1

झापामा १७ जना स्वतन्त्रसहित ९० जनाको उम्मेदवारी

माघ ६, २०८२, ३:२८ .मङ्लबार
झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता
banner

झापा–१ मा दुई स्वतन्त्रसहित १५ जनाको उम्मेदवारी दर्ता

माघ ६, २०८२, १:२० .मङ्लबार
बीएन्डसीले तत्काल ऋणको व्याज र किस्ता तिर्नु नपर्ने
box -1

राजावादी नेता प्रसाई पोखराबाट पक्राउ

माघ ५, २०८२, १२:०५ .सोमवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.