२ माघ २०८२, शुक्रबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

बिर्तामोड औद्योगिक महोत्सव

इलामको किवीदेखि ठेकीसम्म

फाल्गुन ८, २०७९, ४:२२ .सोमवार
0
0
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

झापा, ८ फागुन । कृषि, पर्यटन तथा औद्योगिक क्षेत्रका आर्थिक गतिविधिलाई चलायमान बनाउन झापाको बिर्तामोडमा फागुन ५ गतेदेखि ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’सञ्चालित छ ।

महोत्सवमा बंगलादेश, पाकिस्तान र भारतका व्यवसायीहरुको समेत उल्लेख्य सहभागीता रहेको छ । फागुन १५ गतेसम्म सञ्चालन हुने महोत्सव बिर्तामोड नगरपालिका २ स्थित पूर्व पश्चिम राजमार्गको रामचौक नजिकै सञ्चालित छ ।

महोत्सवमा दुई सयवटा स्टलहरु राखिएका छन् । जसमा नेपालमा उत्पादिक कृषिजन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको छ । महोत्सवमा किबीको फलबाट बनाईएका बिभिन्न परिकार (जुस, जाम, अचार, तीनपाने घरेलु मदिरा) देखि दारका ठेकीसम्म राखिएका छन् ।

ठेकी काठबाट बनेको परम्परागत नेपाली भाँडो हो । यो दही जमाउने, दही मथ्ने (मोही पार्ने), मोही अथवा दही राख्ने काममा प्रयोग गरिन्छ । ठेकी सामान्यतया दार अथवा देवदार नामको रूखको काठबाट बनाइन्छ ।

त्यस्तै महोत्सवमा अचारका विभिन्न परिकारहरु समेत राखिएको छ भने सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा आदि राखिएका छन् । जुसको परिकारमा किबीका छुट्टा छुट्टै जुस राखिएको छ भने लालिगुराँसको जुस समेत महोत्सवमा राखिएको छ । जुन महोत्सवका लागि आकर्षणको केन्द्र बनेको छ ।

पूर्बी पहाडमा उत्पादित कृषि जन्य बस्तुको प्रर्दशनीले महोत्सवको रौनकता बढाएको बिर्तामोड उद्योग बाणिज्य संघका महासचिव अर्जुनकुमार मैनालीले बताउनुभयो । उहाँले भन्नुभयो – महोत्सवमा नेपालका कृषक र व्यवसायीहरुले उत्पादन गरेका विभिन्न समग्री राखिएको छ भने बंगलादेश, पाकिस्तान र भारतबाट आएका व्यवसायीहरुले समेत आफ्ना उत्पादनसहितका वस्तुको प्रर्दशनी र व्यापार गरिरहेका छन् ।

स्थानीय उत्पादन र सीपको समेत प्रर्दशनी

महिलाहरुलाई उद्यमी बनाउने उद्देश्यले बिर्तामोड नगरपालिकाले गत बर्ष वडागत रुपमा अचार बनाउने तालिम प्रदान ग¥यो । तालिममा वडा नम्वर १, ३ र ४ का महिलाहरुसमेत सहभागी भए । तालिममा सहभागी मध्येका सात जना महिलाहरुले गृहिणी लघू उद्योग सञ्चालन गर्ने प्रवन्ध मिलाए । नगरपालिकाले प्रदान गरेको अचार बनाउने सिप सिकिसकेपछि उनीहरुले अचारका विभिन्न परिकार बनाउन शुरु गरे ।

शुरुमा आठ दिनको मात्रै तालिम लिएका महिलाहरुले पछि थप एक महिनाको तालिम लिए । नगरपालिकाले प्रदान गरेको तालिम लिएका महिलाहरु मध्येका गृहिणी लघू उद्योगकी अध्यक्ष मैया बजगाई र कोषाध्याक्ष तारा उप्रेती सापकोटा महोत्सव स्थलमा रहेको स्टलमा सोमवार भेटिनुभयो ।

उहाँहरु महोत्सवमा आएकाहरुलाई अचार बिक्री गर्न व्यस्त हुनुहन्थ्यो भने उनीहरुलाई अचार बनाउने बिधिका विषयमा समेत जानकारी दिइरहनु भएको थियो । गृहिणी लघू उद्योगले उत्पादन गरेका बस्तुमध्ये धेरैले अकबरे खुर्सानीको अचार, अकबरे खुर्सानीको पेष्ट, मिक्सअचार(आँप, अदुवा,, लसुन, खुर्सानी र कागती)र तामाको अचार रुचाएको अध्यक्ष बजगाईले बताउनुभयो । बजगाई बिर्तामोड नगरपालिका–४ निवासी हुनुहुन्छ । उहाँकै संयोजनमा महिलाहरुले अहिले महोत्सवमा स्थानीय अचारका परिकारहरु बिक्री गरिरहनु भएको छ ।

बिर्तामोड नगरपालिकाले गरिवी निवारणका लागि प्रदान गरेको लघू उद्यम तालिम महिलाहरुका लागि फलदायी बनेको र धेरै महिलाले घरमै लघु उद्यम सञ्चालन गर्दै स्वरोजगार बनेको गृहिणी लघू उद्योगकी कोषाध्यक्ष सापकोटाले बताउनुभयो ।

महोत्सवमा अर्जुनधारा ९ निवासी दिननाथ शिवाकोटीले शिब बाबा अचार तथा जुस उद्योगले उत्पादन गरेका विभिन्न सामग्रीहरु राख्नु भएको छ । उहाँले अचारका परिकार सहित जडीबुटी जन्य सामग्री राखेर महोत्सवमा आएका सहभागीहरुलाई बिक्री गरिरहनु भएको छ । उहाँ आफैंमा लघू उद्यम व्यवसाय कसरी सञ्चालन गर्ने भन्ने विषयमा प्रशिक्षण प्रदान गर्ने दक्ष प्रशिक्षक हुनुहुन्छ ।

उहाँ आफैं महोत्सवमा बसेर आएका सहभागीलाई लघू उद्यम सम्वन्धि जानकारी दिँदै आफ्ना उत्पादनहरु बिक्री गरिरहनु भएको छ । उहाँले विशेष गरी अचारका परिकार सहित सालधुप, केमिकल रहित अगरवत्ती र विभिन्न स्वास्थ्य वर्दक खानेकुरा बिक्री गरिरहनु भएको छ ।

यता अर्जुनधारा नगरपालिका २ बेलटारमा रहेको इनर्जी क्रप्स दुना टपरी उद्योगले सुपारीका खपटाबाट दुनाटपरी, प्लेट, थाल, खण्डेथापा, बटुका, चम्चा लगायतका सामग्री उत्पादन गर्दै बिक्री गरिरहेको छ । सुपारीका खेर जाने खवटालाई संकलन गर्दै त्यस्ता सामग्री तयार पारेर बिक्री गर्दै आएको इनर्जी क्रप्स उद्योगका सञ्चालक देवनारायण ढुंगाना बताउनुभयो ।

धेरैको रोजाइमा दरका ठेकी

धनकुट्टाको महालक्ष्मी नगरपालिका ९ निवासी कृष्ण रसाइली घरेलू उत्पादन बिक्रीकै लागि बिर्तामोडमा सञ्चालित महोत्सवमा आउनु भएको छ । उहाँले पहाडी जिल्लामा पाइने दार र साज प्रजातिका रुखबाट तयार गरिएका ठेकी सहितका सामग्री महोत्सवमा प्रदर्शनीमा राखेर बिक्री गरिरहनु भएको छ । दारका ठेकी महोत्सवमा सहभागी मध्ये धेरैको रोजाइमा परेको छ ।

उहाँले दारका ठेकी मात्र होइन हर्पे, चिया खाने कप, पानी पिउनका लागि प्रयोग गर्न मिल्ने ग्लास, बटुका , तोङ्वाखान प्रयोग गरिने भाडो सहित सजावटका विभिन्न सामग्री प्रदर्शनीमा राख्नु भएको छ । जसमध्ये धेरैले दारका ठेकी किन्ने गरेको रसाइलीले बताउनुभयो ।
कुँदेका बुट्टावाल ठेकी धेरैले खरिद गरे उहाँले भन्नुभयो – सबै ठेकी दारका छन् अरु केही सामग्री साज र सिसौका पनि छन् । अधिकांश सजावटका सामग्री सिसौंका रहेको रसाइलीको भनाई छ ।

आफ्नो पुख्र्यौख्ली पेशालाई व्यवसायिकता दिएर पञ्चकञ्या घरेलू ठेकी,तोङ्वा एण्ड हेण्डीग्राफ्टका सामग्रीहरु तयार गर्दै आएको उहाँको भनाई छ । सुनका गरगहना राख्न प्रयोग गरिने बट्टा समेत बिक्रीका लागि राखिएको छ– रसाइलीले भन्नुभयो ।
आठ जनालाई आफूले रोजगारी दिएको र मासिक ५० हजार रुपैयाँ कमाई गर्दै आएको उहाँको भनाई छ । स्थानीय सिपलाई प्रवर्धन गर्दै वजारीकरण गर्न सके हरेक मानिस उद्यमी बन्ने उहाँको भनाई छ ।

यस्ता महोत्सवमा मात्र नभई अरु बेला समेत कृषक तथा व्यवसायीले उत्पादन गरेका सामग्री बजारीकरणका लागि सरकारले सहयोग पु¥याएर आर्थिक उपार्जनका लागि नेपालका केही पनि युवा धन कमाउन विदेशीनु नपर्ने उहाँको भनाई छ ।
मासिक ३ लाख रुपैयाँसम्मको सामगी आफूले बिक्री गर्दै आएको र त्यसबाट मासिक ५० हजार रुपैयाँ बचत गर्दै आएको रसाइलीको भनाईछ ।

रसाइलीले बिक्रीका लागि राखिएका ठेकी मध्ये एक कुरुवा जानेलाई दुई हजार र दश कुरुवा जानेलाई पाँच हजर रुपैयाँसम्म मूल्य पर्ने बताइएको छ ।

किबीका सबै परिकार एकै ठाउँमा

पाँचथरको मिक्लाजुङ गाउँपालिका १ निवासी जुनु लावती ‘बिर्तामोड अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा किबी फल र यसबाट बनेका परिकार बिक्रीका लागि आउनु भएको छ । आफूले ४५ रोपनी क्षेत्रफलमा किबी खेती गरेको र प्रदेश सरकारको सहयोगमा किबीको बजारीकरणमा सहयोग पुग्ने विश्वासका साथ आफू महोत्सवमा आफूले उत्पादन गरेका सामग्री सहित आएको लावतीले बताउनुभयो । स्टलमा किबी फल,अचार, जाम, जुस, मिक्स अचार, वाइन, तीनपाने राखिएको उहाँको भनाई छ ।

आफूले पाखो वारीमा किवी खेती गरेको र हरेक वर्ष २५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको लावतीले बताउनुभयो । २०६८ सालबाट आफू किबी खेतीमा आवद्ध भएको र निरन्तर किबी फल तथा यसबाट बनेको परिकार बिक्री गर्दै आएको उहाँको भनाई छ । लावतीले गुरासको जुस समेत महोत्सवमा राखेर बिक्री गरिरहनु भएको छ ।

झापा सहित पूर्वको अर्थव्यवस्था चलायमान बनाउने अपेक्षा सहित महोत्सव आयोजना गरिएको र कृषि उत्पादनका बस्तुको प्रवद्र्धन र वजारीकरणमा महोत्सव कोषेढुंगा साबित हुने महोत्सव मूल आयोजक समितिका अध्यक्ष राजु न्यौपानेले बताउनुभयो ।

११ दिनसम्म सञ्चालन हुने महोत्सवमा तीन लाख जनाले अवलोकन गर्ने र ४५ करोड रुपैयाँ बरावरको कारोवार हुने अपेक्षा गरिएको बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । महोत्सवको उद्घाटन सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले गत फगुन ५ गते संयुक्त रुपमा गर्नु भएको थियो ।

 

 

 

पछिल्लो समाचार

कितावी ज्ञानले मात्र पुग्दैन : मेयर बुढाथोकी

अघिल्लो समाचार

आयोजकलाई हराउँदै संकटा अन्तिम चारमा

Related Posts

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना
banner

झापा-१ काे निर्वाचन अधिकृतकाे कार्यालय मेचीनगरमा स्थापना

माघ २, २०८२, ९:०२ .शुक्रबार
बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट
box -3

बिर्तामोडमा माघ ३ र ४ गते सुपर सिक्स क्रिकेट

माघ १, २०८२, ११:२९ .बिहिबार
बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’
banner -2

बाहुनडाँगीमा चौंथो अन्तराष्ट्रिय ‘तरुल उत्सव’

पुस ३०, २०८२, ३:१९ .बुधबार
काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….
box -2

काँकरभिट्टा खेल मैदानको आगो निभाउँन गएका स्थानीय झुक्किए…….

पुस ३०, २०८२, १:१९ .बुधबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.