मेचीनगर, १९ वैशाख । मेची उद्योग बाणिज्य संघले स्थापना गरेको आर्थिक पत्रकारिता पुरस्कार यसपटक पत्रकार गणेशमान मुखियालाई प्रदान गरिएको छ ।
संघकाे आज धुलाबारी स्थित टाउन हलमा सम्पन्न २१ औं साधारण सभामा कान्तिपुर टेलिभिजन एचडीका झापा सम्वाददाता बिर्तामोड निवासी मुखियालाई नगद २१ हजार राशिकाे पुरस्कार सहित सम्मान गरिएको हाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग बाणिज्य महासंघ काेशी प्रदेशका अध्यक्ष राजेन्द्र राउत र मेची उद्योग बाणिज्य संघका अध्यक्ष खेमराज प्रसाईं लगायत अतिथिहरूले उनलाई नगदसहित सम्मान गरेका थिए ।




Discussion about this post