२४ बैशाख २०८३, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

आचार्यले दिए मोती पत्रकारिता पुरस्कार अक्षयकोषमा एक लाख

फाल्गुन १६, २०७९, १:३८ .मङ्लबार
0
0
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

झापा, १६ फागुन । नेपाल पत्रकार महासंघ झापाद्वारा स्थापित मोती पत्रकारिता पुरस्कार अक्षयकोषका लागि पूर्व अध्यक्ष केशव आचार्यले एक लाख रुपैयाँ प्रदान गरेका छन् ।

मंगलबार बिर्तामोडमा एक कार्यक्रमकाबीच आचार्यले उक्त रकमको चेक महासंघ झापाका अध्यक्ष एकराज गिरीलाई हस्तान्तरण गरेका थिए ।

२०५३ सालमा आचार्य महासंघको अध्यक्ष हुँदा स्थापित पुरस्कारको अक्षयकोषमा एक लाख रुपैयाँ मात्र थियो । अक्षयकोषको व्याजले पुरस्कारको राशी नधान्ने भएपछि महासंघको वर्तमान कार्यसमितिले अक्षयकोषको रकम पाँच लाख पुर्याउने निर्णयसहितको प्रस्ताव गत साधारण सभामा पारित गरेको थियो । दाता र महासंघको आन्तरिक श्रोतबाट यसैवर्ष अक्षयकोषको रकम पाँच लाख पुर्याइने अध्यक्ष गिरीले बताए ।

झापाका अग्रज पत्रकारका रुपमा परिचय बनाएका ७० वर्षीय आचार्यले अक्षयकोषको रकम वृद्धि र पुरस्कारको दिगोपनका लागि सहयोग गरेको बताए । जनआन्दोलन साप्ताहिकका प्रधान सम्पादक एवम् साहित्य सेवामा क्रियाशील आचार्यले नेपालका पहिलो पत्रकार मोतीराम भट्टको स्मृतिमा स्थापित पुरस्कारले नेपाली पत्रकारिताको श्रीवृद्धिमा योगदान गर्दैै आएको बताए । उनले महासंघ वर्तमान कार्यसमितिको रचनात्मक कार्यको प्रशंसा समेत गरे ।

महासंघ झापाका अध्यक्ष गिरीले पूर्व अध्यक्ष आचार्यलाई अक्षयकोषमा सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । कार्यक्रमको सहजीकरण उपाध्यक्ष केशव भट्टराईले गरेका थिए । सो अवसरमा महासंघका सहसचिव अर्जुन राजवंशी, कार्यसमिति सदस्य स्वस्तिका आचार्य, प्रदेश परिषद् सदस्य मनकुमार शर्मा, पत्रकार सन्तोष न्यौपाने लगायतको सहभागिता थियो ।

मोती पत्रकारिता पुरस्कारको राशी अब एक लाख एक हजार

मोती पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी एक लाख एक हजार एक सय एघार रुपैयाँ पुर्याउने प्रस्ताव गत कात्तिक २५ गते सम्पन्न महासंघको साधारणसभाले पारित गरेको छ ।

सो राशीको पुरस्कार महासंघको आगामी अधिवेशनबाट वितरण हुनेछ । एक लाख रुपैयाँमात्र अक्षयकोष रहेको सो पुरस्कारको राशी सुरुमा एक हजार रुपैयाँ थियो । २०७० सालबाट ५१ हजार रुपैयाँ राशी पुर्याइएको थियो । महासंघ झापा शाखाले मोती पत्रकारिता पुरस्कारको अक्षयकोष वृद्धिका लागि आवश्यक रकम सहयोग गर्न इच्छुक पूर्वअध्यक्ष, सञ्चारकर्मी तथा दाताहरुलाई आग्रह गरेको छ ।

त्यस्तै महासंघद्धारा स्थापित केटो पत्रकारिता पुरस्कारको राशी वृद्धि गरी २५ हजार पाँच सय ५५ पुर्याउने समेत प्रस्ताव पारित भएको छ । कोष वृद्धिपछि सोही कोषमार्फत वितरण हुने गरी महासंघले तेस्रो पुरस्कार स्थापनाको प्रस्ताव पनि पारित गरेको छ । २५ हजार पाँच सय ५५ राशीको सक्रिय समावेशी पत्रकारिता पुरस्कार स्थापना गर्ने प्रस्ताव पारित भएको हो । आगामी अधिवेशनबाट सो पुरस्कार पनि नियमित वितरण हुनेछ ।

मोती पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाली पत्रकारिताको शुरुवातकर्ता मोतीराम भट्टको स्मृतिमा नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको ‘मोती पत्रकारिता पुरस्कार’ महासंघको अधिवेशनमा प्रदान गरिँदै आएको छ ।

महासंघ झापा शाखाका तत्कालीन निवर्तमान सभापति गोविन्दचन्द्र क्षेत्री र तत्कालीन सभापति केशव आचार्यको अगुवाईमा कार्य समितिले स्थापना गरेको उक्त पुरस्कार वितरणका लागि महासंघले एक लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो ।

पुरस्कारको राशी शुरुमा एक हजार रहेकोमा पछि ५१ हजार रुपैयाँ पु¥याइएको छ । मोतीराम भट्टले वि.स. १९४३ देखि नेपाली पत्रकारिताको शुरुवात गर्नुभएको हो । उहाँले नेपाली भाषामा पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नुभएको थियो ।

उक्त पत्रिका भारतको बनारसबाट प्रकाशित भएको थियो । मोतीरामकै सक्रियतामा वि.सं. १९५५मा नेपालकै पहिलो पत्रिकाको रुपमा ‘सुधासागर’ को प्रकाशन शुरु भयो । ‘सुधासागर’पछि नेपाली भाषामा नेपालमै प्रकाशित भएको दोस्रो पत्रिका ‘गोरखापत्र’ हो । झापामा मोतीरामको स्मृतिमा पत्रिकारिता पुरस्कार स्थापना भएकोमा झापाली पत्रकारको रचनात्मक सोच, कार्य र पत्रकारिताको गरिमालाई उच्च बनाउन भएको योगदानको प्रशंसा गर्दै त्यसताका गोरखा पत्र दैनिकले सम्पादकीय समेत प्रकाशित गरेको थियो ।

मोती पत्रकारिता पुरस्कार हालसम्म नकुल काजी, स्व.डिल्लीराम निर्भिक, स्व.मदन ढकाल, स्व.डिकमान विरही, गञ्जबहादुर दाहाल र लीला बराल, चन्द्र भण्डारी र गोविन्दचन्द छेत्रीलाई प्रदान गरिएको छ ।

‘केटो’ पत्रकारिता पुरस्कार यसरी स्थापना भयो

नेपाल पत्रकार महासंघ झापा शाखाले २०५८ सालमा स्थापना गरेको ‘केटो’ पत्रकारिता पुरस्कार महासंघको हरेक अधिवेशनमा युवा पत्रकारलाई प्रदान गरिँदै आएको छ । ‘केटो’ २०१० साल मंसीर १२ गतेदेखि प्रकाशित हुन थालेको झापाको पहिलो पत्रिका हो ।

मासिक रुपमा प्रकाशित भएको यो पत्रिका मेची अञ्चलकै जेठो मानिन्छ । श्यामकृष्ण उपाध्याय उक्त पत्रिकाको सम्पादक थिए । महासंघ झापा शाखाका तत्कालीन सभापति चिन्तामणि दाहालको कार्यकालमा झापाका जेठा सम्पादक श्यामकृष्ण उपाध्याय र पहिलो पत्रिकाको सम्मानमा ‘केटो’ पत्रकारिता पुरस्कार स्थापना गरिएको हो ।

उक्त पुरस्कार पहिलोपटक रामनाथ बाँस्कोटाको कार्यकालमा वितरण शुरु भएको हो । शुरुमा ५ सय रुपैयाँको यो पुरस्कारको राशी पछिल्लो समय १५ हजार रुपैयाँ पु¥याइएको थियो । पुरस्कारबाट पत्रकारहरु गोपाल गड्तौला, रमेश समदर्शी राई, तीर्थ सिग्देल, स्व.यादव पौडेल र दीपक अधिकारी, डिकेश लामा र गीता ढुंगाना पुरस्कृत भइसकेका छन् ।

 

पछिल्लो समाचार

भद्रपुर झापा गोल्डकप : त्रिभुवन आर्मी च्याम्पियन

अघिल्लो समाचार

बिर्तामोड महोत्सवमा घुईचो, सीसी क्यामेराको निगरानी

Related Posts

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?
banner

बाणिज्य संघको चुनाव : अध्यक्षमा कसले मार्ला बाजी ?

बैशाख २३, २०८३, २:३० .बुधबार
बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा
banner -2

बाणिज्य संघको चुनाव : उम्मेदवारहरु भोट माग्दै व्यवसायीको पसल–पसलमा

बैशाख २३, २०८३, १:४५ .बुधबार
आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा
banner -1

आजदेखि चारआलीको सब्जी मण्डी सञ्चालनमा

बैशाख २३, २०८३, १:०० .बुधबार
मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान
box -1

मेचीनगरले थाल्यो विद्यालयमा लागूऔषध रोकथामको अभियान

बैशाख २२, २०८३, २:११ .मङ्लबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.