मेचीनगर, २३ फागुन । ११३ औँ नारी दिवसको पूर्व सन्ध्यामा मेचीनगर लेडी जेसीजको आयोजनामा मेचीनगर स्तरीय अन्तरमावि छात्रा वक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
‘महिला प्रति विभेदरहित व्यवहार : उन्नतशिल समाजको आधार’ विषयक वक्तित्वकला प्रतियोगितामा मेचीनगरका ५ वटा विद्यालयहरुका छात्राहरुको सहभागिता रहेको थियो ।
प्रतियोगितामा होलीवेल ईङ्लीस स्कुल धुलाबारीकी छात्रा सगुन तोलांगी प्रथम भएकी छन् ।
त्यस्तै कविशिरोमणि माविकी छात्रा उषा निरौलाले दोस्रो र धुलाबारी माविकी दिक्षा प्याकुरेल तेस्रो स्थान हाशिल गर्न सफल भएका छन् ।
यसैगरी चौँथो इस्ट होराईजन ईङलीस स्कुलकी अर्पना पौडेल र पाचौँ स्थान दशरथ चन्द माविले हाशिल गरेको छ । प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई सम्मान पत्र तथा मायाको चिनो प्रदान गरिएको थियो ।
११३ औँ अन्तराष्ट्रिय नारी दिवस बुधवार झापामा भव्यरुपमा मनाउने तयारी गरिएको छ ।
मेचीनगर लेडी जेसीजकी अध्यक्ष रश्मि थापाको सभापतित्व तथा मेचीनगर उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आस्था वाचन लेडी जेसीजकी उपाध्यक्ष शान्ति पराजुलीले गरेकी थिइन् ।
कार्यक्रम संयोजक तथा लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष पवित्रा विमली प्रसाईले स्वागत गरेको कार्यक्रमको सञ्चालन माहासचिव सविता पोखरेलले गरेकी थिइन् ।
Discussion about this post