२५ मंसिर २०८२, बिहीबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

मेचीनगरको जनसंख्या : दश वर्षमा २१ हजार ३३६ थपिए

चैत्र १३, २०७९, २:०० .सोमवार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

काँकरभिट्टा, १३ चैत । राष्ट्रिय जनगणना २०७८ अनुसार मेचीनगर नगरपालिकामा कुल जनसंख्या एक लाख ३३ हजार ७३ रहेको छ ।

मेचीनगरमा २०६८ सालको राष्ट्रिय जनगणना अनुसार कुल एक लाख ११ हजार ७३७ रहेको थियो ।

दशवर्षमा २१ हजार ३३६ जनाको जनसंख्या बढेर नयाँ जनगणना अनुसार एक लाख ३३ हजार ७३ पुगेको हो ।

नयाँ जनगणना अनुसार मेचीनगरमा पुरुष भन्दा महिलाको जनसंख्या बढी रहेको पाइएको छ । जस अनुसार महिला ६९ हजार ७२ (५१.९) प्रतिशत र पुरुष ६४ हजार १ (४८.१) प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ । मेचीनगरको वार्षिक जनसंख्या बृद्धिदर १.६८ प्रतिशत रहेको छ ।

मेचीनगरमा ३२ हजार ६ सय ९५ परिवार बसोबास गरेका छन् भने नगरको जनघनत्व ६९० रहेको छ । त्यस्तै मेचीनगरको साक्षरता ८३.३ प्रतिशत रहेकोमा महिलाका तुलनामा पुरुषको साक्षरता बढी रहेको छ । नगरको पुरुष साक्षरता ८८.५ प्रतिशत रहँदा महिलाको साक्षरता भने ७८.४ प्रतिशत मात्रै रहेको छ ।

मेचीनगरमा अझै पनि ३० प्रतिशत भन्दा बढी व्यक्तिको जन्मदर्ता नगराएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ का अनुसार मेचीनगरमा ६९.५ प्रतिशतले जन्मदर्ता गराएका छन भने ३०.५ प्रतिशतले अझै जन्मदर्ता गर्न बाँकी छ ।

त्यस्तै नगरका २.५ प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको अपांगता भएका छन । त्यसमा पनि सबैभन्दा बढी शारिरीक अपांगता भएका व्यक्तिहरु छन् । कुल अपांगता भएका व्यक्तिहरु मध्ये शारिरीक अपांगता भएकाहरु मात्रै ३०.३ प्रतिशत रहेका छन । न्यून दृष्टियुक्तको संख्या २४.९ प्रतिशत रहेको छ । न्यून श्रवणशक्तिको संख्या ९.३ प्रतिशत र बहुअपांगता भएकाहरु ८.६ प्रतिशत रहेका छन् ।

त्यस्तै मानसिक वा मनोसामाजिक समस्या भएकाहरुको संख्या ७.५ प्रतिशत रहेका छन् । बहिरोपन भएकाहरु ६.९ प्रतिशत रहेका छन् भने दृष्टिविहिन भएकाहरु ३.७ प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

मेचीनगरमा बाबु र आमासँगै बसेका वालवालिकाहरुको संख्या ७३.९ प्रतिशत रहेका छन् । आमासँगै मात्रै रहेका वालवालिकाहरुको संख्या १८.३ प्रतिशत रहेको छ भने बाबुसँग मात्रै रहेका वालवालिकाहरुको संख्या २.५ प्रतिशत रहेको पाइएको छ ।

 

पछिल्लो समाचार

हात्ती मैत्री किसान समूहद्वारा ‘सामूहिक सब्जी खेती’

अघिल्लो समाचार

सहारा हाफ म्याराथनमा कीर्तिमानी धावकहरु आउँदै

Related Posts

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग
banner

सूर्तीजन्य, मादक पदार्थ र लागूऔषध बिक्री वितरण रोक्न माग

मंसिर २३, २०८२, २:३६ .मङ्लबार
क्रियाशील सदस्यता विवरण छिट्टै सार्वजनिक हुन्छ : कांग्रेस प्रवक्ता शर्मा
banner -1

प्रतिनिधि सभाका लागि झापा–१ बाट शर्माको नाममात्र सिफारिस

मंसिर २३, २०८२, १:४८ .मङ्लबार
तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार
banner -2

तीन पत्रकारलाई टंकप्रसाद–रमादेवी पाठक पत्रकारिता पुरस्कार

मंसिर २३, २०८२, १:३१ .मङ्लबार
भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.