८ असार २०८३, सोमबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

संयोजकमा संग्रौला

‘सतार’ शब्दको सट्टा ‘सन्थाल’ प्रयोग गर्ने निर्णय

चैत्र १३, २०७९, ३:०१ .सोमवार
0
0
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १३ चैत । झापाका पालिका उपप्रमुख र उपाध्यक्षहरुको समन्वय समितिको संयोजकमा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलालाई सर्वसम्मत चयन गरेको छ ।

आज समन्वय समितिकी संयोजक मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना पोखरेल उप्रेतीको अध्यक्षता तथा मेचीनगर नगरप्रमुख गोपालचन्द्र बुढाथोकीको विशेष उपस्थितिमा बैठक बसेको थियो ।

बैठकले आगामी समयका लागि उपप्रमुख संग्रौलालाई संयोजकमा सर्वसम्मत चयन गरेको छ । नवनियुक्त संयोजक संग्रौलालाई निवर्तमान संयोजक उप्रेतीले माइन्युटका साथ जिम्वेवारी हस्तान्तरण गरिन् ।

बैठकले निवर्तमान संयोजक उप्रेती, कनकाई नगरपालिकाकी आशा शर्मा शिवाकोटी, दमक नगरपालिकाकी रेगिना भट्टराई प्रसाईं, भद्रपुर नगरपालिकाकी राधा कार्की, गौरादह नगरपालिकाकी जलवर्षा राजवंशी, अर्जुनधारा नगरपालिकाकी खड्गमाया पराजुली र शिवसताक्षी नगरपालिकाकी नरमाया कार्की सञ्जालको सदस्यमा चयन भएका छन् ।

त्यस्तै सञ्जालको सदस्य रहेका पालिका उपाध्यक्षहरुमा बुद्धशान्ति गाउँपालिकाका भवानीप्रसाद खतिवडा, कचनकवल गाउँपालिकाका नवराज भट्टराई, झापा गाउँपालिकाकी अञ्जु थपलिया, कमल गाउँपालिकाकी प्रमिला न्यौपाने, बाह्रदशी गाउँपालिकाकी शान्तादेवी शिवाकोटी खरेल, गौरीगञ्ज गाउँपालिकाकी पुजन न्यौपाने कुँवर र हल्दिवारी गाउँपालिकाकी लक्ष्मी मैनाली रहेका छन् । आगामी वैठक आवासियरुपमा इलामको रोङमा गर्ने समितिले निर्णय गरेको छ ।

बैठकमा मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ भण्डारी र स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले नगरभित्रको शिक्षा र स्वास्थ्यका विषयमा जानकारी गराएका थिए ।

पहिलो बैठकले ६ बुँदे निर्णय गरेको छ । वैठकले सीमान्तकृत सन्थाल समुदायको पहिचान र आत्मासम्मानको कदर गर्दै यसअघि लेखिदैँ आएको ‘सतार’ शब्दको सट्टा सन्थाल शब्द प्रयोग गर्ने र नामको पछाडि सम्बन्धित थर नै उल्लेख गर्ने निर्णय गरेको छ ।

झापाका सवै पालिकामा बिषाधियुक्त सागसब्जी, र आयातित माछा तथा मासुजन्य वस्तुको नियन्त्रण गरिने भएको छ । चिया क्षेत्रका समस्या र त्यसको समाधान, लागूऔषधको समस्या बढ्दो रहेको र त्यसको नियन्त्रणमा ध्यान दिने, शिक्षा तथा स्वास्थ्यको नीतिबारे र अन्य विषयमा छलफल भएको थियो ।

नियमित वैठकमा पालिकाका उपप्रमुख तथा उपाध्यक्षहरुले भोगिरहेका चुनौति र समस्या तथा तिनका समाधानका लागि निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल भएको थियो । वैठकको संयोजन संवाद समूह झापाले गरेको थियो ।

पछिल्लो समाचार

सहारा हाफ म्याराथनमा कीर्तिमानी धावकहरु आउँदै

अघिल्लो समाचार

नारी सञ्चार गृह झापाको अध्यक्षमा रेजिना

Related Posts

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा  खड्का
banner -1

झापामा ´डाउन सिन्ड्रोम सोसाइटी` गठन, अध्यक्षमा  खड्का

असार ८, २०८३, ५:५४ .सोमवार
बाहुनडाँगीका स्थानीय भन्छन्-´हात्तीलाई रवरकाे गाेली हान`
banner

बाहुनडाँगीका स्थानीय भन्छन्-´हात्तीलाई रवरकाे गाेली हान`

असार ८, २०८३, ३:१२ .सोमवार
रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू
banner -2

रवि र बालेनले घण्टी बजाएर महाधिवेशन सुरू

असार ७, २०८३, ५:०० .आइतवार
गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति
banner

गएरातिकाे वर्षाले मेचीनगरकाे दुईटा प्लाइउड उद्योगमा क्षति

असार ५, २०८३, ८:०९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.