२१ मंसिर २०८२, आईतवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

‘बर्चश्वशाली’ ले गर्दा जातीय विभेद अन्त्य भएन : सांसद परियार

चैत्र १८, २०७९, ४:३८ .शनिबार
0
0
0
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, १८ चैत । प्रतिनिधि सभाका सांसद सन्तोष परियारले ‘बर्चश्वशाली’ समुदायका कारण जातीय विभेदको अन्त्य हुन समस्या भएको बताएका छन् ।

आज काँकरभिट्टा खानेपानी कार्यालयको सभाहलमा दलित उत्थान उपभोक्ता समितिले आयोजना गरेको कसरी हुन्छ जातीय विभेदको अन्त्य ? अन्तरक्रियामा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद परियारले यस्तो कुरा बताएका हुन् ।

‘बर्चश्वशाली समुदाय यस्तो हुन्छ जसले राजनीति, सरकार र राज्यलाई आफ्नो अनुकूलमा राख्छ’, सांसद परियारले भने– ‘नियम, कानुन सबै हुन्छ । तर त्यस्तो समुदाय जसले व्यहारमा विभेद गरिरहेको हुन्छ । जातीय विभेद हरेक तह–तहमा छ । शहरहरुमा भन्दा विभेद बढी गाउँमा छ ।’

झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जवसम्म मानिस सामाजिक र आर्थिक रुपमा सक्षम हुँदैन तवसम्म विभेद अन्त्य नहुने जिकिर गरे । उनले दलित समुदायमा मात्र होइन, बाहुन, क्षेत्री र अन्य समूदायमा पनि विभेद छ, यसको अन्त्य गर्न चेतना जगाउन आवश्यक रहेको बताए ।

‘न्यायिक समितिमा जातीय विभेद भयो भनेर १० प्रतिशत मात्र उजुरी आउने गरेको छ’, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेतीले भनिन्–‘जातीय विभेद धेरै गरेका होलान तर, डरले वा अन्य कारणले गर्दा कम उजुरी आउने गरेको छ । समावेशीका नाममा महिलालाई तत्काललाई आरक्षण दिनु ठिक होला । तर, १० वर्षपछि आरक्षण चाहिँदैन । अधिकार मागेर होइन, खोसेर लिनुपर्छ । त्यसका लागि महिलाहरु एकजुट हुनैपर्छ ।’

मेचीनगर–६ की वडा सदस्य सीमा रसाइलीले जातीय विभेद भयो भनेर वडामा अहिलेसम्म उजुरी नआएको बताइन् ।

उनले समाजमा भेदभाव भएकै हुन्छ । तर, सहेर बस्ने होइन् । विभेद छोपेर राख्ने होइन खुलेरै कुरा राख्नु पर्ने बताइन् ।

अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले राखेका जिज्ञासालाई सांसद परियार, सीडीओ पोखरेल र वडा सदस्य रसाइलीले जवाफ दिएका थिए ।

सो कार्यक्रमको सहजकर्ताका रुपमा रिडर्स झापाका सदस्य सागर शिवाकोटीले गरेका थिए । कार्यक्रमको संयोजन मेचीनगर–६ नम्बर वडा कार्यालयले गरेको थियो ।

पछिल्लो समाचार

धुलाबारी खानेपानी चुनाव : ६४.३२ प्रतिशत मत खस्यो

अघिल्लो समाचार

तक्षशीलामा अब क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन

Related Posts

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित
banner -1

भलिबल प्रशिक्षक कुमार राई एक लाखसहित सम्मानित

मंसिर २०, २०८२, १२:२० .शनिबार
पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत
banner

पत्रकार काजी, उत्कृष्ट गृहिणी र जैविक कृषक समूह पुरस्कृत

मंसिर २०, २०८२, ११:५४ .शनिबार
बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम
अर्थ

बानियाँ प्रतिष्ठानको वक्तृत्वकलामा धुलाबारी माविकी जयन्ती प्रथम

मंसिर १९, २०८२, ३:१७ .शुक्रबार
जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल
banner -2

जेनजी आन्दोलनले व्यवसायीको मनोदशा कमजोर : उपाध्यक्ष ढकाल

मंसिर १९, २०८२, २:३९ .शुक्रबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.