बिर्तामोड, १९ चैत । बिर्तामोडमा शनिबार एक कार्यक्रमकाबीच तक्षशीला एजुकेशन फाउण्डेशन र क्याम्ब्रिजबीच सम्झौता भएको छ ।
आगामी शैक्षिक सत्रदेखि क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने दुई पक्षबीच सम्झौता भएको तक्षशीला एजुकेशन फाउण्डेशनले जनाएको छ ।
सम्झौतापछि तक्षशीलाले नयाँ शैक्षिक सत्रबाट क्याम्ब्रिजको अंग्रेजी कोर्सको अध्यापन गराउने भएको हो ।
विद्यालयमा आज आयोजित कार्यक्रममा तक्षशीलाकी कार्यकारी निर्देशक डा. अञ्जली कार्की प्रसाईं र क्याम्ब्रिजका प्रतिनिधि डा.रोशन राठीले क्याम्ब्रिज कोर्स अध्यापन गराउने विषयमा हस्ताक्षर गरेका छन् ।
सम्झौता अनुसार कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीलाई क्याम्ब्रिजको अंग्रेजी कोर्स अध्यापन गराइनेछ ।
कार्यक्रममा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले तक्षशीला र क्याम्ब्रिजबीच सम्झौता सकारात्मक भएको बताएकी छन् ।
उनले शैक्षिक गुणस्तरका लागि सम्झौता फलदायी हुने विश्वास व्यक्त गरिन् । कार्यक्रममा अभिभाव तथा सञ्चारकर्मीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।
Discussion about this post