मेचीनगर, २० चैत । काँकरभिट्टा बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा निर्वाचित पदाधिकारीहरूको पद हस्तान्तरण तथा शपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।
निर्वाचन समिति संयोजक हेमकुमार खड्काले निर्वाचित पदाधिकारीहरूलाई सपथग्रहण गराएका थिए । उनले निर्वाचित सभापति विशाल तामाङसहित प्रत्यक्षतर्फका ८ र समानुपातिकका ७ गरी १५ जनालाई पद तथा गोपनियताको सपथ गराएका हुन् ।
निर्वाचन समितिका सदस्य सचिव लम्बोदर पौडेलले निर्वाचित पदाधिकारीहरूको नाम घोषणा गरेका थिए ।
नवनिर्वाचित सभापतिमा विशाल तामाङ, समानुपातिकतर्फ उपसभापतिमा सन्दिप न्यौपाने, सचिवमा सुवास खत्री, कोषाध्यक्षमा अनुशा अर्याल र समानुपातिकतर्फ सहसचिवमा अजय गुप्ता तथा सदस्यहरुमा रिया ढुंगाना, सुरज राई, योगोन्द्र खड्का, अंकितप्रसाद चौलागाईँ, सुरज चिमरिया, समानुपातिकतर्फ अमिशा खडिया, संगम वराल, सन्तोष धमला, विश्वास दाहाल र मानव ढुंगेल सदस्यमा निर्वाचित भएका थिए ।
कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशका सांसद गोपाल तामाङले कार्यक्रमका उद्घाटन गरेका थिए । अतिथिहरुले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र वितरण गरे ।
निवर्तमान सभापति सुरज सुवेदीले नवनिर्वाचित सभापति विशाल तामाङलाई माईन्यूट प्रदान गर्दै पदस्थापन गराए । नवनिर्वाचित सभापति तामाङले प्रतिवद्धता र निवर्तमान सभापति सुवेदीले विदाई मनतव्य राखे ।
निर्वाचन समिति संयोजक हेमकुमार खड्काको अध्यक्षता, क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले स्वागत र कार्यक्रमको सञ्चालन निर्वाचन समितिका सदस्य सचिव एवम् क्याम्पसका अध्यापक लम्बोदर पौडेलले गरेका थिए ।
Discussion about this post