मेचीनगर, ३० चैत । नेपाल उद्योग वाणिज्य महासंघको पाँच पदमा झापाका व्यावसायिक क्षेत्रका हस्तीहरु निर्वाचित भएका छन् ।
महासंघको नयाँ नेतृत्वका लागि बुधवार मतदान भएको थियो । जसको परिणाम धमाधम आइरहेको छ ।
महासंघको बस्तुगत संघतर्फको उपाध्यक्ष पदमा भद्रपुरका हेमराज ढकाल विजयी भएका छन् । उनी यसअघि केन्द्रीय सदस्य थिए ।
यसैगरी, जिल्ला नगरतर्फबाट केन्द्रीय सदस्यमा तेस्रो कार्यकालका लागि बिर्तामोडका उमेश डालमिया विजयी भएका छन् ।
कोशी प्रदेशको भूगोलबाट केन्द्रीय सदस्यमा मेचीनगरका नरेन्द्रकुमार खड्का विजयी भए । उनको पनि यो तेस्रो कार्यकाल हो ।
बस्तुगत संघ तर्फबाट केन्द्रीय सदस्यमा बिर्तामोडका राजकुमार कार्की (राजु) विजयी भएका छन् । यसैगरी, जिल्ला नगरतर्फबाट खुला केन्द्रीय सदस्य पदमा दमकका गोकुल श्रेष्ठ विजयी भए ।
Discussion about this post