मेचीनगर, ३० चैत । नयाँ वर्षको उपलक्ष्यमा धुलाबारीमा आजदेखि ‘नाङलो’ फुड कनर सञ्चालनमा ल्याइएको छ ।
नयाँ वर्ष २०८० साल बैशाख १ गते धुलाबारी चोकदेखि एकसय मिटर पूर्व मुख्य राजमार्ग छेउमा ‘नाङलो’ फुड कनर सञ्चालनमा आउने भएको हो ।
बाहुनडाँगीका युवा व्यवसायी हाल मचीनगर–६ निवासी रञ्जीत खड्का र सञ्जु कार्कीले ‘नाङलो’ फुड कनर सञ्चालनमा ल्याउने भएका हुन् ।
तीन तले बिल्डिङको पहिलो तलाको ७ वटा कोठाको मासिक भाडा तिर्ने गरी ‘नाङलो’ शाखाको रुपमा सञ्चालनमा ल्याइएको सञ्चालक खड्काले बताए ।
उनका अनुसार ‘नाङलो’ देशभरी सञ्चालनमा छ । केन्द्रसँग धुलाबारीमा शाखाको रुपमा अनुमति लिएर तथा झापामा सबै प्रकिया पुरा गरेर सञ्चालन गरिएको उनको भनाई छ ।
पारिवरिक रुपमा खाजाको रुपमा बसेर खान सकिन ‘नाङलो’ सेटमा पकाएको सिंगै कुखुरा, जापानिज सुसी, होल फिस, अन्य खाजा सेट र पेय पदार्थको परिकार रहने छ ।
प्रति ‘नाङलो’ सेटको २ हजार रुपैयाँ मुल्य पर्ने सञ्चालक कार्कीले बताए । देशैभरी ‘नाङलो’ सेटको मुल्य एउटै रहेको उनले बताए ।
११ वर्ष मकाउ बसेर गत दुई वर्षमात्र नेपाल फर्किएका युवा व्यवसायी खड्काले बाहुनडाँगीमा कृषि फार्म पनि सञ्चालन गरेका छन् ।
फार्मसँगै अर्को नयाँ व्यवसायी सञ्चालनको खोजीमा रहेका खड्काले ‘नाङलो’ को मार्केट राम्रो लागेर यो व्यवसाय गर्ने सोच बनाएको उनको भनाई छ ।
‘विदेशमा नै राम्रो कमाई थियो’, खड्काले भने–‘तर आफ्नै देशमा नै केहि गरौँ भन्ने सोचेर नेपाल फर्किएको हुँ । लगानी डुव्दैन भन्ने लागेर यो नयाँ व्यवसाय सुरु गरेको छु ।’
Discussion about this post