मेचीनगर, ३० चैत । यही चैत ६ गतेदेखि लगाइएको ‘प्रथम मेची महोत्सव’ सम्पन्न भएको छ ।
मेची चेम्बर अफ कमर्सले चैत ६ गतेदेखि सञ्चालन गरेको महोत्सव २७ गते सम्पन्न भएको हो ।
आज धुलाबारी स्थित चेम्बरको सभा हलमा एक कार्यक्रमको आयोजना गरेर आयोजकले महोत्सव सम्पन्न भएको घोषणा गरेको छ ।
बैशाख ५ गतेसम्म म्याद थप गरिएको महोत्सव विभिन्न कारणले गर्दा चाडै सम्पन्न गर्नु परेको आयोजकले जनाएको छ ।
कार्यक्रममा चेम्बरकी अध्यक्ष रुक्मीणा आचार्य पोखरेलले ‘प्रथम मेची महोत्सव’ सम्पन्न भएको घोषणा गरिन् । उनले महोत्सव सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् ।
कार्यक्रममा नेपाल विद्युत प्राधिकरण धुलाबारी वितरण सेवा केन्द्रका प्रमुख सुनिलकुमार महतोको प्रमुख आतिथ्यता रहेको थियो ।
चेम्बरकी अध्यक्ष आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष कृष्णकुमार सुवेदी र सञ्चालन महासचिव प्रकाश खड्काले गरेका थिए ।
रोलिङ क्लब धुलाबारी सहआयोजक रहेको महोत्सव धुलाबारीको कोलोनीमा सञ्चालन भएको थियो ।
‘कृषि, व्यापार, प्रवद्र्धन, सांस्कृतिक, औद्योगिक प्रवद्र्धनको पूर्वधार, समृद्वि मेचीनगरको निर्माण आधार’ भन्ने मुल नाराका साथ पहिलो पटक ‘प्रथम मेची महोत्सव’ लगाइएको थियो ।
Discussion about this post