मेचीनगर, २ बैशाख । काँकरभिट्टा स्थित देवकोटा पार्कमा सामुहिक वृक्षरोपण गरिएकोे छ ।
नयाँ वर्षको अवसर पोरेर शुक्रबार देवकोटा पार्कमा सामुहिक वृक्षरोपण गरिएकोे हो ।
देवकोटा पार्क व्यवस्थापन समितिले पार्क परिसरमा सामुहिक वृक्षरोपण तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ ।
कार्यक्रममा कोशी प्रदेशका सांसद गोपाल तामाङ, मेचीनगर नगरपालिकाकी उपमेयर मीना पोखरेल उप्रेती, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मी, देवकोटा पार्कका पूर्व अध्यक्ष पुण्यप्रसाद खरेल लगायले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विभिन्न सामाजिक संघ–संस्थाका प्रतिनिधि, प्रमुख लगायत स्थानीयबासीहरुले सामुहिक रुपपमा वृक्षरोपण गरेका थिए ।
देवकोटा पार्क व्यवस्थापन समितिका अध्यक्ष गणेश खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष प्रविण बानियाँले र सञ्चालन सचिव फडिन्द्र घिमिरेले गरेका थिए ।
Discussion about this post