बाहुनडाँगी, २ बैशाख । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले एकपावा माछा मार्ने नाममा खोलामा विष हालेर जीवजन्तु मार्नु जायज नभएको बताएका छन् ।
शुक्रबार मेचीनगर–४ स्थित हात्ती रिसोर्टको सभा हलमा आयोजित मानव र हात्तीवीचको सहअस्तित्व सम्बन्धी तीन दिवसीय तालिम समापन कार्यक्रममा बोल्दै उनले विष होलेर मारेको माछा खाएर हामी आफैलाई मारिरहेको बताए ।
‘बाली र मान्छे जोगाउने नाममा हामीले हात्तीलाई मार्यो, मेयर बुढाथोकीले भने–‘हात्तीले मान्छे मार्यो, बाली नष्ट गर्यो । तर, त्यसो गर्यो भन्दैमा मान्छेले राक्ष्सको व्यवहार गर्न भएन । हात्तीलाई बचाउँने आफु पनि बाच्ने सोच्नु पर्छ ।’
कार्यक्रममा मेचीनगर–४ का वडाध्यक्ष अर्जुनकुमार कार्कीले अब बाहुनडाँगीका जनता राति हात्ती खेद्न जाने होइन, त्यो काम राज्यले गर्ने बताए । उनले हात्ती र मान्छेसँगै बाच्ने वातावरण बनाउन स्थानीय निकायको पहलमा राज्यले त्यसको जिम्मा लिने दावी गरे ।
कार्यक्रममा उज्यालो नेपालका अध्यक्ष रमेश थापा, हात्ती मैत्री कृषक समूहका अध्यक्ष देवी आचार्य, सामाजिक अभियन्ता शंकर लुईटल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
ग्रीन जेनेरेशन झापाले आयोजना गरेको ३ दिने तालिममा नेपाल र भारत सीमा क्षेत्रका र्यापिड रेस्पोन्स टिमका सदस्य, सशस्त्र, नेपाल प्रहरी र स्थानीय गरी ५० जनाको सहभागिता रहेको थियो । समापन कार्यक्रममा सहभागीहरुलाई ब्याग, भेष्ट र टर्च लाइट वितरण गरिएको थियो ।
अभियन्ता लुईटेलले समन्वय सहकार्य र सहअस्तित्व वन्यजन्तु, संरक्षण हाम्रो साझा दायित्व नारासहित २८ औँ वन्यजन्तु सप्ताह कार्यक्रम अन्तरगत बैशाख १ देखि ७ गतेसम्म र्यापिड रेस्पोन्स टिमका सदस्यहरुलाई सीमा क्षेत्रका जंगलमा हात्तीका बारेमा जानकारी र फोटो ग्राफी गराउने बताइएको छ ।
ग्रिन जेनेरेशन झापाका अध्यक्ष समिर राईको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव मञ्जील देवानले गरेका थिए ।
Discussion about this post