२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

महिला गोल्डकपको उपाधि सप्तरीको नमोबुद्धलाई

बैशाख १७, २०८०, ३:३१ .आइतवार
0
0
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १७ बैशाख । बिर्तामोडमा सम्पन्न प्रदेशस्तरीय महिला गोल्डकप फुटबलको उपाधि नमोबुद्ध युवा क्लब सप्तरीले जितेको छ ।

बिर्तामोड–१० सैनिकबजार स्थित महेन्द्र ज्योति माविको मैदानमा आज भएको फाइनल खेलमा आयोजक ‘अल इन वान’ क्लबलाई टाईब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै नमोबुद्ध सप्तरीले उपाधि कब्जा गरेको हो ।

निर्धारित ६० मिनेटमा एक–एक गोलको बराबरीमा खेल सकिएपछि नतिजाका लागि टाईब्रेकर भएको थियो । टाईब्रेकरमा सप्तरीका खेलाडीले गरेको ५ वटा प्रहारमा ४ वटा गोल हुदाँ आयोजक ‘अल इन वान’का खेलाडीले गरेको ४ वटा प्रहारमा २ प्रहार मात्रै गोल भएको थियो ।

टाईब्रेकरमा आयोजककी एलक्स चौधरी र छतरीका चौधरीको प्रहार गोल हुँदा लक्ष्मी श्रेष्ठको प्रहारलाई सप्तरीकी गोल रक्षक पुजा रानाले विफल पारेकी थिइन् । त्यस्तै राष्ट्रिय टिमकी सदस्य समेत रहेकी सबिता राना मगरको प्रहार भने गोल पोष्टमा ठोकिएर फर्किएको थियो ।

सप्तरीका लागि रोशनी क्षेत्रीले गरेको प्रहर आयोजककी गोल रक्षक एलिसा चौधरीले बचाउ गरेपनि टिम कप्तान सुमित्रा तामाङ, कविता श्रेष्ठ, सलिना राना मगर र राष्ट्रिय टिमकी सदस्य समेत रहेकी रस्मि घिसिङको प्रहार भने गोलमा परिणत भएको थियो ।

त्यसअघि आयोजकका लागि मेनुका आलेले ३९ औं मिनेटमा खेलको पहिलो गोल गरेकी थिइन् । नमोबुद्ध युवा क्लब सप्तरीकी रजनी थोकरले खेलको ४६ औं मिनेटमा गोल फर्काउदै बराबरीमा ल्याएपछि नतिजाकालागि खेल टाईब्रेकरमा धकेलिएको थियो ।

बिर्तामोडको ‘अल इन वान’ क्लबको आयोजनामा सम्पन्न भएको प्रतियोगिताको विजेता सप्तरीले नगद २ लाख २ हजार, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजक ‘अल इन वान’ ले १ लाख १ हजार रुपैंयाँ, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।

प्रतियोगितामा राष्ट्रिय महिला फुटबल टोलिकी सदस्य समेत रहेकी आयोजककी खेलाडी सबिता राना मगरले ‘प्लेयर्स अफ दी टुर्नामेन्ट’ को उपाधि जितिन । उनले नगद ७ हजार र ट्रफी पुरस्कार पाइन् ।

त्यस्तै प्रतियोगितामा सर्वधिक गोल कर्ता सप्तरीकी रजनी थोकरले ‘हाई स्कोरर’ को उपाधि जितिन् । उनले नगद ६ हजार र ट्रफी पुरस्कार पाइन् ।

यस्तै उत्कृष्ट गोल रक्षक सप्तरीकी पुजा थापा, बेस्ट मिडफिल्डर सप्तरीकी रस्मि घिसिङ, बेस्ट डिफेन्स आयोजककी खुस्मा राई र बेस्ट स्टाइकर आयोजककी लक्ष्मी श्रेष्ठ घोषित भइन् । उनीहरुले जनही नगद ५ हजार र ट्रफी पुरस्कार पाए । यस्तै सप्तरीका अरुण राई प्रतियोगिताको बेस्ट कोच घोषित भए । उनले नगद ५ हजार र ट्रफी पुरस्कार पाए ।

प्रतियोगिताका विजेता र उपविजेता लगायतका खेलाडीलाई आयोजक ‘अल इन वान’ क्लबका अध्यक्ष कृष्णबाबु योञ्जन, कार्यक्रमकी प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका कार्यकारी वोर्ड सदस्य नन्दा बस्याल, अखिल नेपाल फुटबल एसोसिएसनकी (एन्फा)की सदस्य सरला श्रेष्ठ, बिर्तामोड १० का वडा अध्यक्ष दुर्यधन गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।

झापा जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा सञ्चालन भएको प्रतियोगितामा झापा, इलाम, ताप्लेजुङ, सुनसरी, मोरङ, धनकुटा, उदयपुर र सप्तरीका ८ वटा टिमले सहभागिता जनाएका थिए ।

पछिल्लो समाचार

विद्यार्थीलाई शैक्षिक र खेलकुद सामाग्री

अघिल्लो समाचार

निरु हत्या आरोपमा धुलाबारीका विनोद विक पक्राउ

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.