२७ फाल्गुन २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

सहकारीप्रतिको भ्रम चिर्न झापामा एलायन्स

बैशाख १८, २०८०, १:५९ .सोमवार
0
0
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

बिर्तामोड, १८ बैशाख । बैँक तथा लघुवित्तिय संस्थाहरुले व्याज बढी लिएको भन्दै देशैभरी आन्दोलन चर्काइरहेका बेला झापामा भने केहि अग्रेनी सहकारी संस्थाहरु एकजुट भएका छन् ।

एक अर्काबीच ठुलै प्रतिस्पर्धा रहेका झापाका गनिएका केहि सहकारीहरु मिलेर ‘कोअपरेटिभ एलायन्स अफ झापा’ नै गठन गरेका छन् ।

आइतबार नेपाल बहुउद्देश्य सहकारी संस्था (एनएमसी) बिर्तामोड शाखा कार्यालयको सभाहलमा आयोजित अन्तरक्रिया कार्यक्रममा झापाका १८ वटा सहकारी संस्थाहरुले एलायन्स गठन गरेर १४ बुँदे अवधारण पत्र सार्वजनिक गरेका हुन् ।

एनएमसीका अध्यक्ष रामचन्द्र उप्रेतीको अध्यक्षतामा ७ सदस्यीय ‘कोअपरेटिभ एलायन्स अफ झापा’ गठन भएको छ ।

जसको सदस्यहरुमा कर्णाली सहकारी संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठ, विराट बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष मोहन शिवाकोटी, मेची बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष खोमप्रसाद बगाले, महालक्ष्मी कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा खतिवडा, सताक्षी बहुउद्देश्य सहकारी संस्थका अध्यक्ष रुद्रमणि श्रेष्ठ र सहारा नेपाल साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी छन् ।

पहिलो बैठकको अध्यक्षता उप्रेतीले गरेका थिए भने अबको दोस्रो वैठक सहारा साकोसमा हुनेछ । दोस्रो वैठकको अध्यक्षता सहाराका कार्यकारी प्रमुख गिरीले गर्नेछन् । सातै जना अध्यक्ष हुने गरी पालैपालो वैठकको अध्यक्षता गरिने जनाएको छ ।

झापाका सहकारीहरुलाई बदनाम हुन नदिन र सुशासनमा चलेका सहकारीहरु एकठाउँमा उभिन बाध्य भएको बताइएको छ । बित्तिय, सहकारी संस्था र बैँकहरुलाई हेर्ने दृष्ट्रिकोण गलत भएको भन्दै गलत गर्नेलाई नियमन गर्ने उद्देश्यले झापाका सहकारी संस्थाहरु एकजुट भएको संयोजक उप्रेतीले बताए ।

‘अब राम्रा सहकारीहरु एलायन्समा आवद्व हुन्छन्’, उप्रेतीले भने–‘सुशासन र पारदर्शिता भएका सहकारीहरु गोलबद्व हुन्छौँ । वित्तिय सन्तुलन कायम गराउन यो अभियान चलाउने छौँ । सहकारी अभियानलाई बचाऔँ छौँ ।’

झापा लगायत देशका केहि ठाउँका सहकारी संस्थाहरुमा समस्या देखिएकोले सबै सहकारीहरु नै तहसनहस भएको भन्ने भ्रम चिर्न पनि यो अभियान थालिएको बताइएको छ ।

शेयर सदस्य र सर्वसाधारणमा सहकारीप्रतिको विश्वासमा शंका उत्पन्न भएकाले त्यसलाई समाधन गर्ने उद्देश्यले सहकारी संस्थाहरुले एलायन्स गठन गर्न बाध्य हुनु परेको बुझाई छ ।

केही व्यक्ति र समूहले सहकारी, लघुवित्त र बैकबाट लगानी भएको कर्जा तिर्नु पर्दैन भनेर भ्रम फैलाइएकोप्रति एलायन्सले आपत्ति जनाएको छ । त्यसैले ऋण मिनाहा हुन्छ भन्ने भ्रममा नपर्न शेयर सदस्यहरुलाई एलायन्सले आग्रह गरेको छ ।

पछिल्लो समाचार

रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा

अघिल्लो समाचार

छुरा खोलामा फ्याँकेको विकको बयान

Related Posts

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र
box -2

तीन पालिकामा ´अचार` बनाउन सिकाउँदै महिला जनचेतना केन्द्र

फाल्गुन २६, २०८२, ४:०९ .मङ्लबार
सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित
box -3

सुनसरी–१ बाट हर्क साम्पाङ निर्वाचित

फाल्गुन २४, २०८२, ८:१४ .आइतवार
झापा जिल्ला रास्वपाको क्लीन स्वीप
banner

झापा जिल्ला रास्वपाको क्लीन स्वीप

फाल्गुन २४, २०८२, ५:५१ .आइतवार
झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित
banner -2

झापा–१ मा रास्वपाकी निशा डाँगी निर्वाचित

फाल्गुन २३, २०८२, ३:३८ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.