२९ पुष २०८२, मंगलवार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

गर्मीमा बढ्यो खरबुजाको व्यापार

बैशाख २०, २०८०, १:१० .बुधबार
0
0
0
SHARES
18
VIEWS
Share on FacebookShare on Twitter

मेचीनगर, २० बैशाख । गर्मी बढ्दै जाँदा झापा जिल्लामा खरबुजाको व्यापार बढ्न थालेको छ ।

पूर्व–पश्चिम राजमार्ग तथा कच्ची सडकहरुको दायाँबायाँ खरबुजा राखेर बिक्री गर्नेहरू बढेका छन् ।

झापामा पूर्व–पश्चिम राजमार्ग क्षेत्रको भद्रपुर बजार, दमक बजार, सुरुङ्गा बजार, बिर्तामोड बजार, धुलाबारी बजारको आसपास लगायतका स्थानमा खरबुजाको व्यापार बढ्न थालेको हो ।

मेचीनगरका भित्री भेगका बजारमा पनि आर्थिक अवस्था कमजोर भएकाहरू गर्मीयाम भर धेरथोर आर्जन गर्ने उद्देश्यले खरबुजा बेच्न बसिरहेका भेटिने गरिएको छ ।

यहाँको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा खरबुजा प्रतिकेजी ३० देखि ६० रुपैयाँमा बिक्री भइरहेको छ । झापामा गर्मी बढेसँगै शीतलताका लागि खरबुजा किनेर खानेको भिड बढेको छ ।

धुलाबारी चोकस्थित सडक छेउमा खरबुजा बेच्न बसेकी सम्झना साहले यही चैत महिनादेखि खरबुजा बेच्न सुरु गरेको बताइन् । उनले प्रतिकेजी ३० रुपैयाँले खरबुजा बिक्री गरेको बताइन् ।

सडक छेउमा भुईमा खरबुजा राखेर व्यापार गरेकी उनले स्थानीय सरकारलाई दिनको ३० रुपैयाँ कर तिर्ने गरेको बताइन् । साहले गत वर्षजस्तो यसवर्ष खरबुजाको राम्रो व्यापार हुन नसकेको गुनासो गरिन् ।

‘बजारमा आर्थिक मन्दी भएर हामीजस्तो स–साना व्यापारीलाई पनि असर गरेको छ, पोहोर सालझैँ खरबुजाको व्यापार नै छैन्,” उनले भनिन्,–‘यस्तो गर्मीमा त खरबुजा अत्यधिक बिक्री हुनुपर्ने हो तर भइरहेको छैन ।’

दैनिक पाँच सयदेखि २ हजारको खरबुजा बेचिरहेको साहले बताइन् । उनका अनुसार कहिले काहिँ राम्रै व्यापार हुने गरेको छ । बजारमा अहिले मानिसको चहलपहल नै नदेखिएको उनले बताइन् । झापाका विभिन्न क्षेत्रबाट खरबुजा ल्याएर बिक्री गर्ने गरेको उनको भनाई छ ।

पछिल्लो समाचार

भद्रपुर गोल्डकपको कार्यालय उद्घाटन

अघिल्लो समाचार

पत्रकारले तथ्यमा आधारित समाचार लेख्नुपर्छ : मेयर सुवेदी

Related Posts

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
banner -1

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार
मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी
box -1

मेची मासु उत्पादक सहकारीको अध्यक्षमा भण्डारी

पुस २६, २०८२, १२:२५ .शनिबार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.