३० पुष २०८२, बुधबार
Unicode
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
Mechinagar Online
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी
No Result
View All Result
Mechinagar Online
No Result
View All Result

विश्व प्रेस स्वतन्त्रता दिवस

पत्रकारले तथ्यमा आधारित समाचार लेख्नुपर्छ : मेयर सुवेदी

बैशाख २०, २०८०, २:०४ .बुधबार
0
0
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

दमक, २० बैशाख । दमकमा आयोजित एक कार्यक्रमका सहभागीहरुले निष्पक्ष र स्वतन्त्र पत्रकारितामा जोड दिएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा बुधवार नेपाल पत्रकार महासंघ झापा शाखाले दमकमा आयोजना गरेको अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक विषयक अन्तरक्रिया र प्रशिक्षण कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि गौरादह नगरपालिका मेयर छत्रपति सुवेदीले उद्घाटन गरेका थिए । मेयर सुवेदीले पत्रकारले अभिव्यक्ति स्वतन्त्रता तथा सूचनाको हक प्रयोय गर्दैगर्दा तथ्यमा आधारित समाचार लेख्नुपर्ने बताए ।

अभिव्यक्ति स्वतन्त्रताको नाममा तथ्यहिन समाचार लेखेमा त्यसले समाजमा नकारात्मक असर पुग्ने भएकोले यसप्रति पत्रकार सधै सचेत हुनुपर्ने उनको भनाई थियो ।

प्रशिक्षण कार्यक्रममा अभिव्यक्ति स्वतन्त्रताका विषयमा मानव अधिकार सञ्जाल झापाका अध्यक्ष डा. रुपक खनाल, नेपालमा प्रेस स्वतन्त्रता हननको अवस्था तथा सूचनाको हक बारे महासंघका केन्द्रीय सदस्य अम्मर खड्का र मल्टिमिडिया तथा क्यामेरा ह्यान्डिलिङको बारेमा कान्तिपुर टेलिभिजनका संवाददाता गणेशमान मुखीयाले सहजीकरण गरेका थिए ।

महासंघका कोशी प्रदेश कोषाध्यक्ष विमल लामिछाने, दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु बल्लव निरौला, महासंघका पूर्वअध्यक्ष गोविन्दचन्द छेत्री, नेपाल प्रेस युनियनकी सचिव तथा नारी सञ्चार गृहकी अध्यक्ष रेजिना रोदन, प्रेस चौतारीका प्रदेश महासचिव गोपाल झापाली, प्रेस मञ्च नेपालका केन्द्रीय अध्यक्ष कमान देवान लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाले प्रकाशन गरेको २०८० सालको क्यालेण्डर विमोचन गरिएको थियो ।

सञ्चार क्लब गौरादह, पत्रकार मञ्च दमक, सक्रिय पत्रकार सञ्जाल दमक र सताक्षी प्रेस क्लबको समन्वयमा भएको कार्यक्रम दमकको स्वर्णलक्ष्मी सहकारीको सभाहलमा भएको थियो । ‘भविश्यको अधिकार सुनिश्चितताः मानव अधिकारको संवाहक अभिव्यक्ति स्वतन्त्रता’ भन्ने नाराका साथ नेपालमा विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष केशव भट्टराईले र सञ्चालन सहसचिव अर्जुन राजवंशीले गरेका थिए ।

पछिल्लो समाचार

गर्मीमा बढ्यो खरबुजाको व्यापार

अघिल्लो समाचार

नक्कली भुटानी शरणार्थी प्रकरणमा नेताका छोराहरु तानिदैँ

Related Posts

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न
banner

मेचीनगरमा डोर टोलीद्वारा नाप–तौल परीक्षण सम्पन्न

पुस २९, २०८२, १:५८ .मङ्लबार
दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन
banner -1

दार्जिलिङको तराइ प्रेस क्लब च्याम्पियन

पुस २८, २०८२, १:४७ .सोमवार
कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन
box -3

कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्रीद्वय गगन र विश्वको गर्जन

पुस २७, २०८२, २:०५ .आइतवार
‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी
banner -1

‘प्रथम भाक्का पिठ्ठ उत्सव’ ऐतिहासिक : नगरप्रमुख बुढाथोकी

पुस २७, २०८२, १:३२ .आइतवार

Discussion about this post

सम्पर्क

पाउ पाथिभरा सञ्चार प्रा.लि.

कम्पनी दर्ता नं. : २९५५७०/०७९/०८०

स्थायी लेखा नं. : ६१०३३१९९६

सूचना विभाग दर्ता नं. : ३६२२-२०७९/८०

प्रेस काउन्सिल सूचीकरण दर्ता नं. : ३७६९-२०७९/८०

मेचीनगर–६, काँकरभिट्टा (झापा)

मो. ९८५२६६२४०६ / ९८०४९७२००४

Email : arjunkarki.kvt@gmail.com

Facebook Twitter Youtube Instagram

हाम्रो टिम​

अर्जुन कार्की

सम्पादक / सञ्चालक

आइटि प्रमुख : शैलेश रिजाल

फोटो पत्रकार : देबेन्द्र खरेल

कानूनी सल्लाहकार : असोक पोखरेल

Email : news@mechinagaronline.com

कुइक लिंक

  • राजनीति
  • समाज
  • स्वास्थ्य
  • कोरोना
  • सहकारी
  • शिक्षा
  • कृषि

फेसबुक पेज

Copyright © 2023 Mechinagar Online. All Rights Reserved.

Developed by Sailesh Rijal

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • स्वास्थ्य
  • शिक्षा
  • प्रदेश–१
  • खेलकुद
  • विचार
  • अन्तरवार्ता
  • सम्पादकीय
  • थप
    • विश्व
    • अर्थ
    • कला साहित्य
    • कृषि
    • पर्यटन
    • मनोरञ्जन
    • कोरोना
    • उद्योग–बाणिज्य
    • बैंक
    • सहकारी

© 2023 Mechinagar Online - Developed by Sailesh Rijal.